Khabarsabaiko बुधबार, मंसिर ०४, २०७६
हुम्ला
हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढे सँगै सिमा क्षेत्रमा रहेका प्रहरी चौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरी चौकी सारीएको छ । यहाँ चिसो माईनस एक डिग्रीमा पुगे सँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरी चौकीका इन्चार्ज दिपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिनुभयो ।
कार्तिक महिनाको मध्यमहिना देखि हुम्लामा चिसो बढने भएका उत्तरी नाम्खा गाउँपालिकामा बढी चिसो हुनेभएकाले प्रहरी चौकी सारिएको प्रहरी नायव उपरिक्षक घर्ति मगरले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम भन्दा नाम्खा गाउँपालिका उपल्लो हुम्ला भएकाले चिसो अत्याधिक हुने गरेको छ । यतिबेला लिमीमा हिउँ समेत जमेकाले विहान बेलुका बढी चिसो हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कर्णाली प्रदेशका अन्य जिल्ला मध्य हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरी चौकी सारिने गरिन्छ ।
सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरी चौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सारिने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक घर्ति मगरले जानकारी दिनुभयो । नेपाल र चीनको मुख्य नाका हिल्सा भएकाले त्यस नाकाबाट अवैध व्यापार आयात निर्यात हुनाभएकाले सीमा क्षेत्रमा राखिएको प्रहरी चौकी आउँदो मंसिर १५ गते सम्म सारिने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको माथिल्लो क्षेत्र लिमी,हिल्सामा अत्याधिक कठ्यांग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा ६ महिना सदरमुकाम सिमकोट बेँर बैशाख महिना देखि माथितिर जाने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरीक्षक प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।
हिउँदको समयमा त्यस क्षेत्रमा राखिएका चौकीमा कार्यरत प्रहरीका लागी सेवा सुविधा नभएको र त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या हुनाभएकाले जिल्लामा नै सारिने गरिएको उहाँले जानकारी दिनुभयो । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, तिल,जाङ्ग,हल्जि, यार,ि हिल्सा लगायतका क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले यहाँका स्थानीय जिल्ला बाहिर काठमाण्डौ,नेपालगञ्ज, सुर्खेत,लगायतका शहरहमा बसाईसराई गर्ने गर्दछन ।