Khabarsabaiko बुधबार, मंसिर ०४, २०७६
हुम्ला
समुदायमा प्रहरी र सरकारी वकिल साझेदारी कार्यक्रम संचालन सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका विच यो कार्यक्रम सम्पन्न भएको हो । समाजमा घटेका अपराधलाई कानूनको दायरामा ल्याउनका लागी र पिडितलाई न्याय दिलाउनका लागी समुदायमा गएर जनतालाई सुसित पार्न सरकारी वकिल र प्रहरीमा नङ मासुको सम्बन्ध रहेको सरकारी वकिलका उदयचन्द अधिकारीले बताए ।
समुदायमा गएर सरकारी वकिल र प्रहरीको भुमिका के हो भन्ने विषय वुझाउनुका साथै समुदायलाई सुसुचित गर्नका लागी यो कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो । यो कार्यक्रम प्रहरी र सरकारी वकिल कार्यालयको साझेदारीमा नेपाल भरि नै संचालन भइ रहेको प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिहले बताउनु भयो ।
जिल्ला सरकारी वकिल उदयचन्द अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतको प्रमुख आथित्यमा समुदायमा प्रहरी र सरकारी वकिल साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
आजै भएको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी विनिता भट्राई, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिमगर, सिमकोट गाउँ पालिका वडा नं ५ का कृष्णबहादुर वोहोरा, वडा ६ का जयचन्द रोकाया, वडा ४ का छविचन्द लामा, वडा ७ का राजबहादुर शाही लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी सुरक्षाकर्मी पत्रकारको उपस्थित रहेको थियो ।