१० पुष २०८१, बुधबार

हुम्लामा बेमौसमी तरकारी खेती सुरु

Khabarsabaiko आइतबार, मंसिर ०८, २०७६

हुम्ला
हुम्लाका किसानले हिउँदे तथा बेमौसमी तरकारी खेती लगाउन सुरु गरेका छन् । सदरमुकाम सिमकोट सहित आसपासमा बेमौसमी तरकारीको खरिद बिक्री राम्रो हुने भएकाले किसानले तरकारी खेती गर्न थालेका छन ।

हिउँदको मौसममा किसानले बेमौसमी तरकारीका लागि ग्रिनहाउस निर्माण गरेर साग, धनियाँ, काउली, बन्दा, टमाटर,गाँजरलगायतका तरकारी उत्पादन गर्ने गरेका छन् ।

बेमौसमी तरकारीको माग सदरमुकाम सिमकोटमा उच्च रहेकाले त्यसलाई धान्नका लागि हिउँदे तथा बेमौसमी तरकारी खेतीमा प्राय किसान लाग्न थालेको सिमकोट गाउँपालिका वडा दुईका अगुवा किसान जानकला भण्डारीले जानकारी दिनुभयो । आफुले ६ वर्ष देखि तरकारी व्यवसाय गर्दै आएको भएता पनि सदरमुकाम सिमकोटमा तरकारीको माग उच्च रहेका हिउँदको समयमा तरकारी माग धान्न नसकिएको बताउनुभयो ।

हिमाली जिल्ला हुम्लाका अगुवा किसानका लागी केमौसमी तरकारी खेती आम्दानीको श्रोत बन्ने भएको उहाँले जानकारी दिनुभयो । हिँदे समयामा यहाँ आलु बाहेक अन्य हरियो तरकारी नहुँने भएकाले हुम्लामा बेमौसमी तरकारी खेती आम्दानीको राम्रो आम्दानी बन्ने अगुवा किसान भण्डारीले जानकारी दिनुभयो ।

हुम्लामा चिसो अत्याधिक हुने भएका कारणले किसानले प्लास्टिकको घर निर्माण गरी तरकारी खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय निमित्त सुभास भण्डारीले जानकारी दिनुभयो । माग अनुसार किसानबाट आपुर्ति हुन नसक्दा नेपागञ्ज,सुर्खेतबाट महंगो हवाई ढुवाीन गरेर व्यापारीहरुले ल्याउने गरेका छन ।

नेपागञ्ज,सुर्खेतबाट हवाई जहाज मार्फत तरकारी जिल्लामा भित्रीएपनि जिल्लाका किसानले उत्पादन गरेको बेमौसमी तरकारीको मुल्य सस्तो पर्नेभएकोले यहाँका स्थानीय जिल्लाका किसानले उत्पादन गरेको तरकारी नै खरिद गर्ने गरेका छन ।

चिसो मौसममा पनि बिरुवालाई अनुकूल वातावरण सिर्जना गरी बेमौसमी तरकारी उत्पादन गर्न किसानले प्लास्टिक घरको प्रयोग गर्ने गरेका छन । मंसिरदेखि फागुनसम्म चिसोबाट बिरुवालाई जोगाउन सिमकोट सहितका अन्य गाउँमा प्लास्टिक घरको प्रयोग गरिँदै आएको छ । जिल्ला सदरमुकाम सिमकोटमा अधिकांसले व्यवसायिक तरकारी खेति गर्न नसकेपनि आफ्नै परिवारलाई पुग्नेगरी प्लास्टिको घर निर्माण गर्ने गरेका छन ।

सिमकोट तल्लो गाउँ, माथिल्लो गाउँ, ठेहे, डाडाफया, छिप्रा,मजा, लगायतका गाउँका किसानहरुले मंसिर लागेपछि बेमौसमी तरकारी खेती गर्ने गरेका छन । सिमकोट हिजोआज, प्लास्टिकका घरले खेतीबारी सेताम्मे देखिन थालेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्