०८ पुष २०८१, सोमबार

लिप्टबाट गाउँमा पानी पुग्दा राराबासि हर्षित

Khabarsabaiko सोमबार, मंसिर ०९, २०७६

जुम्ला
जुम्लाको तिला गाउँपालिका वडा नं १ रारा गाउँमा बर्षेदेखि खानेपानी देखि सिचाईको चरम समस्या खेप्दैआएका यहाँका स्थानीयमा गाउँमै लिप्ट बाट पानी पुग्दा गाउँबासि हर्षित भएको वडा अध्यक्ष प््र बहादुर रावतले बताउनुभयो ।

तिला गाउँपालिकाको रु ५० लाखको अनुदानमा करिब बाह्र सय मिटर टाढा बाट लिप्ट द्धरा पानी गाउँमा पुग्दा यहाँको सुख्खा खेतमा सिचाई देखि गाई गोरु लाई पानी पिउनेमा राहत हुने स्थानीय माने रावतले बताउनुभयो ।

करिब दुई सय पचास घरघुरीको बसोबास रहेको रारा गाउँमा पाँच वटा पानीको धारोमा भर परेका यहाँका स्थानीयमा गाउमै लिप्ट बाट पानी पुग्दा धारोमा घण्टौ पानीको लाईन बस्ने दिन गएकोे स्थानीय सरीता रावतले बताउनुभयो । उनले भनिन् पानी भर्ने मात्र दुई घण्टा देखि चार घण्टा लाग्ने धारोमा अब लिप्ट बाट गाउँमै पानी पुगिसकेको छ त्यसलाई संरक्षण र राम्रो संग प्रयोग गर्न गाउँवाासी सचेत हुने दिन आएको र स्थानीय सरकारले गाउँमा भएको पानीको समस्या लाई हेरर विकास गरेकोमा स्थानीय सरकार लाई धन्यवाद समेत दिनुभयो ।

कक्षा १० मा अध्यनरत सरीता भन्नु हुन्छ घर बाट पानी भर्ने धारोमा जांदा सयौ पानी भर्ने राखेकका भाडाहरुको लाईन हुन्छ समयमै पानीको धारो आउनन् यदी पानी धारोमा आएपनि भर्ने सकिनन् पानी भर्नेमात्र चार देखि छ घण्टा समय लाग्छ पानी भर्दा भर्दा कहिलेकाही विद्यालय जान समय पनि पानी भर्दा जान्छ । विद्यालय पनि छुट छ मेरो मात्र यो समस्या होईन पुरै गाउँका विद्यार्थिको समस्या रहेको उनले बताईन । रावतले थपिन् गाउँपालिकाले गाउँमा लिप्ट बाट पानी पुराएको छ त्यसलाई दिर्घकालिन सम्म राख्न गाउँवासि र स्थानीय सरकार एक आपसमा मिलेर जानुपर्ने दिन आएको सरीता रावतले बताईन् ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले गाउँपालिकाका नौ वडा मध्ये सबै भन्दा बढी पानीको चरम समस्या भएको वडा १ नम्बर वडा भएकाले गाउँपालिकाले अरु बडा भन्दा यो वडामा पानीको समस्या लाई हल गर्न गाउँपालिकाले यो वडामा आवश्यक बजेट विनियोजित गरिएको अध्यक्ष योगील बताउनुभयो । यो वडामा गाउँमा कुनै पानी ल्याउने स्रोत छैन प्रतिनिधि सभाका माननीय गजेन्द्र बहादुर महतको विशेष पलमा लिप्ट बाट पानी गाउँमा पुराउन सकिन्छ भन्नुभयो । उहाँको सल्ला अनुसार गाउँपालिकाले लिप्ट परियोजना पारित गरी काम शुरु भयो अत्य गाउँमा पानी पुराउन सफल भयो र गाउँपालिकाका अन्य वडामा पनि लिप्ट बाटै पानी पुन्याउने काम गरिने अध्यक्ष योगीले जानकारी दिनुभयो ।

१८ हजार रोपनीमा सिँचाइ

लिप्ट आयोजनाबाट सिँचाइ पनि हुने भएको छ । यसबाट अठारा हजार रोपनीमा सिँचाइ हुने उपभोक्ता समितिका अध्यक्ष कोल बहादुर रावतले बताउनुभयो । सिँचाइ पनि हुने भएकाले खेतमा लगाएका स्याउका विरुवा र नयाँ लगाउने स्याउका बिरुवा लाई पानीले राहत गर्न र तरकारी खेती गर्न सजिलो हुने स्थानीय शिव रावतले बताउनुभयो । ‘पानी पुगे संगै तरकारी उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्न सजिलो हुनेछ,’ उनले भने ।

स्थानीय बासिन्दाले सिमि खेति गरेका थिए । तर, सिँचाइको सुविधा नहुँदा रोग लाग्ने गरेको र लगानीअनुसार, उत्पादन हुने गरेको थिएन । अब खेतीपाती गर्न सजिलो हुने स्थानीय बासिन्दाको विश्वास छ ।

यहाँ कमेन्ट गर्नुहोस्