२० पुष २०८१, शनिबार

मृतकको संख्या चार पुग्यो , ११ जनाको अवस्था चिन्ताजन

Khabarsabaiko बुधबार, मंसिर ११, २०७६

हुम्ला
दुर्घटनामा परेका १३ जना मध्य एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारको क्रममा मृत्यु हुदा मृतकको संख्या चार पुगेको छ ।
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा १३ जना घाईते मध्य थप एक जनाको मृत्यु हुँदा मृतकको संख्या चार पुगेको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा ६ का बक्त रोकायाको मृत्युभएको जिल्ला अस्तालका सिनियर अनमि सरिता बोहराले जानकारी दिनुभयो । दुर्घटनास्थलमा तीन जनाको मृत्युभएको थियो भने उपचारको क्रममा एक जनाको मृत्यु हुँदा मृतकको संख्या चार पुगेको छ भने अन्य उपचारत ११ जनाको अवस्था चिन्ताजन रहेको सिनियर अनमि बोहराले जानकारी दिनुभयो ।

नेपाल खाद्य संस्थानको चामल र अन्य वन्दोवस्तीको सामान ढुवानीको साथमा यात्रु सदरमुकाम सिमकोट तिर आउँदै गरेको ट्रिपर सिमकोटको लाग्ना डाँडा नजिकै दुर्घटना भएको हो ।

चालकले अत्याधिक मदिरा सेवन गरी ट्रिपर हाँकेको पाईएको प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्धनगर पालिका ११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानियले कब्जामा लिई प्रहरी समक्ष पेश गरेका छन् । मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं. १, हेप्का गाउँका नाम्खा १ छिरिङ्ग कर्मा तामाङ्ग, नरी लामा, खार्पुनाथ गाउँपालिका वडा एक निवासी बबरजङ्ग शाही , जिल्ला अस्पतालमा उपचारको क्रममा सिमकोट गाउँपालिका वडा ६ निवासी बक्त रोकायाको मृत्युभएको हो ।

घाईते हुनेमा नाम्खा गाउँपालिका वडा नं. १ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका वडन नं. ६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट वडा नं. ७ का नर सुनार, खार्पुनाथ गाउँपालिका वडा नं. ५ का धनसिँह भण्डारी, सर्केगाड गाउँपालिका वडा नं. २ का अंग फडेरा सबै अवस्था चिन्ताजनक रहेको छ ।

ट्रिपर मुल सडक भन्दा करिब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख राम प्रसाद घर्ती मगरले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्