Khabarsabaiko सोमबार, मंसिर २३, २०७६
जुम्ला
जुम्लाका स्थानीय तहले १९१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । १ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५र७६ मा सडकको नयाँ ट्रयाक खोलेका हुन् । चन्दननाथ नगरपालिकाले ९ किमी सडकको नयाँ ट्रयाक खोलेको छ, २०० किमी सडक ग्राभेल,४५० मिटर कालोपत्र र ६०० मिटर सडक आरसिसि गरेको नगरपालिका ईञ्जिनीयर लोेकेन्द्र महतले बताउनुभयो ।
तातोपानी गाउँपालिकाले ५ किमी नयाँ ट्रयाक खोलेको छ । सो गाउँपालिकाले पनि खोलेको नयाँ सडक लाई ग्राभेल र कालोपत्रको विस्तार गरेको छैन । सिंजा गाउँपालिकाले १२ किमी नयाँ सडकको ट्रयाक खोलेको छ । खोलेको नयाँ सडक लाई कालोपत्र र ग्राभेल गरेको छैन ।
पातारासी गाउँपालिकाले २५ किमी नयाँ सडकको ट्रयाक खोलेको छ । खोलेको नयाँ सडक लाई कालोपत्र र गा्रभेल गरेको छैन । गुठिचौर गाउँपालिकाले ६५ किमी नयाँ सडक ट्रयाक खोलेको छ । सो गाउँपालिकाले खोलेको नयाँ सडक लाई कालोपत्र र गा्रभेल नगरेको प्रमुख प्रशासकिय अधिकृत केशवराज शर्माले बताउनुभयो । हिमा गाउँपालिकाले पनि २५ किमि नयाँ सडकको ट्रयाक खोलेको छ । सो गाउँपालिकाले पनि खोलेको नयाँ सडक लाई गा्रभेल र कालोपत्र गरेको छ्रैन ।
कनकासुन्दरी गाउँपालिकाले १५ किमी नयाँ सडक ट्रयाक खोलेको छ । खोलेको नयाँ सडक लाई कालोपत्र र गा्रभेल गरेको छैन, र तिला गाउँपालिकाले ३५ किमी नयाँ ट्रयाक खोलेको छ । खोलेको नयाँ सडक लाई कालोपत्र र ग्राभेल गरेको छैन । तिला गाउँपालिकाले ९ वटै वडामा महत्त्वपूर्ण सडक पहिचान गरी सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।