०७ बैशाख २०८२, आइतबार

५ महिना पछि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता

Khabarsabaiko शुक्रबार, पुष ०४, २०७६

हुम्ला
सिमकोट गाउँपालिकालेपाँच महिना पछि प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । दर्शै अगाडी साउनमा वितरण भई सक्नुपर्ने प्रथम चौमासिक सुरक्षा भत्ता पौष महिना लागेपछि वितरण सुरु भएको छ । गाउँपाकिा नेपालपाल नहुँदा रकम निकासामा ढिलाई भएको थियो ।

सिमकोट गाउँपालिका वडा तीन कार्यालयले विहिबारबाट घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य शुरु गरेको छ ।

मपाताले वडा तीन कार्यालयमा पुग्न नसकेकालाई घर घरमै पुगेर प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । वडा तीन कार्यालयले आफ्ना वडा भित्र २ सय १२ जना जेष्ठ नागरीक, १७ जना एकल र विदुवा महिला, पुर्ण अपाङ्ग २ जना, अति अशक्त ८ जना, बालपोषण पाउने ९८ जना गरी जम्मा ३ सय ३७ जनालाई प्रथम चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य सुरु गरिएको सिमकोट गाउँपालिका वडा तीनका अध्यक्ष ताक्ला जिम्केत लामाले बताए ।

वडा तीन कार्यालयले २४ लाख १६ हजार रुपैया तीन सय ३७ जनालाई वितरण गरिरहेको अध्यक्ष लामाले बताए । हिमपातले वडा कार्यालय सम्म पुग्न नसक्ने जेष्ठ नागरीक , पुर्ण अपाङ्गलाई घरमै पुगेर वितरण गरिएको वडाअध्यक्ष लामा जानकारी दिनुभयो ।

यस्तै वडा चार बुराउसेमा पनि प्रथम चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ । वडा चारमा रहेको १ सय २२ जना जेष्ठ नागरीक, ९ जना विद्युवा , १२ जना एकल महिला, र्२ जना पुर्ण अपाङ्ग, अतिअशक्त ४ जना, ९९ बालपोषण गरी वडा चारमा २ सय ४८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिरहेको प्रशासन सहायक ग्याल्जन लामाले बताए । २ सय ४८ जनालाई १६ लाख ५ हजार रुपैया प्रथम चौमासिक तर्फको सुरक्षा भत्ता वितरण गर्न सुरु भएको लामाले बताए ।

यस्तै सिमकोट गाउँपालिका वडा पाँच कार्यालयले प्रथम चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गरेर सम्पन्न गरेको छ । वडाध्यक्ष सहितको नेतृत्वमा घर घरमा गएर वडा पाँच कार्यालयले आफ्ना वडा भित्र रहेका ६३ जना जेष्ठनागरीक, एकल महिला १ जना, विदुवा १७ जना, पुर्ण अपाङ्ग ५ जना, अति अशक्त १० जना, बालपोषण पाउने १ सय ५३ जना गरी जम्मा २ सय ४९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको सिमकोट गाउँपालिका वडा पाँचका अध्यक्ष कृष्ण बोहराले बताए । वडा पाँच कार्यालयले ११ लाख १७ हजार ६ सय रुपैया २ सय ४९ जनालाई वितरण गरेको अध्यक्ष बोहराले बताए ।

यस्तै वडा सात कार्यालय आउँदो मंगलबार देखि प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा सातमा जेष्ठनागरीक २ सय ३७ जना, एकल महिला ३०, विदुवा महिला ६८, पुर्ण अपा २१, अतिअशक्त, ४१ , बालपोषण ५ सय ६६, जेष्ठनागरीक औषधि उपचार खर्च ६९, गरेर जम्मा ९ सय ६३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भईरहेको वडाअध्यक्ष शाहीले बताए । ९ सय ६३ जनालाई सामाजिक सुरक्षा भत्ता बापत ४३ लाख ६० हजार रकम विरतण गरिने भएको शाहीले बताए ।

सिमकोट गाउँपालिकामा रहेका आठ वडा मध्य वडा ३,४,५ ले सुरक्षा भत्ता वितरण गरिरहेका छन् भने अन्य बाँकी रहेका वडा १,२,६,७, र ८ ले आउँदो मंगलबार सम्म वितरण गरिसक्ने वडा सातका अध्यक्ष राज बहादुर शाहीले बताए । सिमकोट गाउँपालिकाले रकम निकासा गर्न ढिलाई गरेका कारण दशै अगाडी वितरण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई उनले बताए । वडापालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ताले हिउँदको समय चिसो हुनेभएकाले न्यानो कपडा किन्ने वडा तीनका जेष्ठ नागरीकले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्