Khabarsabaiko मंगलबार, पुष १५, २०७६
देशका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम जिल्ला हुम्लामा पनि पहिलो पटक ट्राफिक प्रहरी पुगेका छन् ।
सडक सञ्जालसँग नजोडिदै बोलेरा ट्रिपर,टयाक्टर दुर्घटना लगायत विभिन्न यातायातका साधनबाट १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी हुम्ला पुगेको हो ।
एक जना असईको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत रहेको र अब केही दिनमा ट्राफिक कार्यालय समेत स्थापना हुने बताए । बजारमा कार्यालयको लागि भाडा खोजेका छौ भाडा नपाउदा सम्म जिल्ला प्रहरी कार्यालय भित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताए । दुर्घटना न्युनिकरण गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन थालेको छ ।