०८ पुष २०८१, सोमबार

धुलाचौर देखि हुम्लाको दोभान सम्मको सडकको अनुगमन कार्य सम्पन्न

Khabarsabaiko शुक्रबार, माघ १७, २०७६

कर्णाली करीडोर अन्तरगत धुलाचौर देखि हुम्लाको दोभान सम्मको सडकको अनुगमन कार्य सम्पन्न भएको छ । नेपाली सेनाद्धारा निमार्णाधिन रहेको कर्णाली करीडोरको बाजुराको धुलाचौर देखि हुम्लाको दोभान सम्मको २२ किलोमिटर सडक खण्डको अवस्थाको अनुगमन गरिएको हो । बाजुराको धुलाचौर देखि हुम्लाको अदानचुली गाउँपालिकाको वडा नं एक कर्णाली दोभान सम्म यातायात सुचारु गर्नका लागि सडकको अवस्था, यातायात सञ्चालन गर्न मिल्ने–नमिल्ने विषयमा संयुक्त रुपमा अनुगमन गरीएको हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष वाग्दल मल्लले जानकारी दिनुभएको छ ।

अनुगमन  हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई नेतृत्वमा रहेको थियो । सो अनुगमनमा नेपाल कम्युनिष्ट पार्टी हुम्लाका अध्यक्ष लालकेश जोशी, ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्ल, अदानचुलि गाउँपालिका अध्यक्ष दलबहादुर फडेरा, प्रहरी नायव उपरीक्षक श्यामप्रसाद घर्ति, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्ट, अदानचुली गाउँपालिकाका उपाध्यक्ष शाैमती ऐडी, राष्ट्रिय अनुसन्धान अधिकृत सुदिप कुमार चौधरी,सञ्चारकर्मी, जनप्रतिनिधि, नागरीक समाज लगायतको संयुत टोलीले सडक खण्डको स्थलगत अनुगमन गरेको हो । अनुगमन पश्चात केहि ठाँउमा सडकको स्तरोन्नतिगरे सडकमा सहजरूपामा साना यातायात सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभएको छ ।

फोटोः कालि बहादुर थापा

फोटोः कालि बहादुर थापा

नेपाली सेनाका मेजर मिलन कार्कीले भने “कवाडी देखी दौमुख वा हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान सम्म तत्काल सडक सञ्चालनमा ल्याउन सकिने तर पनि कुनै कुनै ठाउँमा थोरै काम बाँकी  रहेकाले केहि समय लाग्ने जनाए ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष वाग्दल मल्ल र अदानचुली गाउपालिकाका अध्यक्ष दलबहादुर फडेराको पहलमा अनुगमन कार्य सम्पन्न गरीएको हो । हाल सम्म पनि सडक सञ्जालमा जोडिन नसकेको हुम्ला यातायात सञ्चालन गर्न पहल भै रहेको हो ।  राष्ट्रिय प्राथमिकतामा परेको कर्णाली करिडोरको कवाडी नदीमा बेलिव्रिज निमार्ण भए पछि हुम्लामा बाजुराहुदै सडक जोडिए संगै यातायातका साधन पनि नियमित सञ्चालन हुने हुम्ली बासिको अाष नजिकिदै गएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्