०७ बैशाख २०८२, आइतबार

हुम्ला सिमकोटमा चौंथो पुस्ता 4G आजबाट सुचारू

Khabarsabaiko मंगलबार, माघ २१, २०७६

हुम्लाको सिमकोटमा मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्ताले अाजबाट चौंथो पुस्ता 4G चलाउन पाउने भएकाछन्। जडानका लागि जिम्मा पाएको हिरम्स कम्पनीका टिम लडर सुरेन्द्र पालले एक तर्फको जडान भैसकेकाले अाज बाट सुरू गर्ने र अन्य काम एक  दिनमा सकिने जनाए । जडानको समान अाउन ढिला भएकाले जडानमा केही दिन ढिलो भएको पालले जानकारी दिए ।

हुम्लामा यसका अलावा ५ वटा स्थान जडान हुने र जसमा फाल्गुन पछि लगतै बरगाउँ मा रहेको टावरमा जडान गर्ने योजना रहेको र अन्य स्थानमा पछि जडानहुने नेपाल टेलिकम, हुम्लाका कार्यालय प्रमुख शिव प्रसाद भट्टरार्इ ले जानकारी दिए ।

सञ्चालन पछि थ्री जीको अधिकत गति १४ मेगाविवट्स प्रतिसेकेण्ड थियो, भने फोर जीको न्यूनतम गति नै ३० मेगाविट्स हुनेछ । नेपामा चौंथो पुस्ता 4G सेवा २०१७ जनवरी १ बाट भएको हो । नेपालका ७७ वटै जिल्लामा २००० जति टावर जडान भएकामा हुम्ला ७७ अाैं जिल्ला हो ।

साथै कालिकोटको महाबु मा रहेको टावरले राम्रो काम नगरेकाले केही दिन देखी  एडिएस्एल र फोनको समस्या देखिएको र हट्न केही दिन लाग्ने जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्