Khabarsabaiko बिहिबार, माघ २३, २०७६
सिमकोट ८ स्याडा गाउँका तीन सय ६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी देखा परेका छन् । सिमकोटबाट ८ कोष टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामी हुँदा पनि सरोकारवाला निकाय मौन भएको स्थानीयले बताएका छन् ।
बिरामीहरूमा पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्य चौकीका सिनियर अहेब अर्जुन कार्कीले बताए ।
‘स्वास्थ्य चौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । उनले भने, ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो । तर, गाउँभरी नै बिरामी थला परेकाले अहिले समस्या भएको बताए । गाउँमा वृद्धवृद्धा बालबालिका बिरामी परेको समयमा यसको उपचार गर्न नसके यसले ठूलो रुप लिनसक्ने स्थानियवासी नुर्बू बुढाले जानाकारी दिए ।
स्याडामा गाउँमा मौषमी रुगाखोकी फैलिएर बिरामी बढेको कुनै जानकारी तथा खबर नभएको जिल्ला अस्पताल नर्सिङ ईन्चार्ज सरिता बोहोराले बताईन्। हुम्लामा मौषमी रुगाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ ।