Khabarsabaiko आइतबार, माघ २६, २०७६
हुम्लाका अधिकांस परिवारको मुख्य पेषा कृषि रहेको छ । कृषि पेषामा पनि विगत लामो समयदेखी सिमकोट गाउँपालिका ठेहे र खार्पुनाथ गाउँपालिका ताक्ला, बाम्टा गाउँका स्थानीय महिलाहरु तरकारी उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धेरै चिसो र हिमपात हुने ठाउँमा पनि चिसो नभनेरै विभिन्न तरकारी उत्पादन गरि घर खर्च चलाई रहेका छन् ।
हिउँदको समय त के ? वर्षाको समयमा पनि रोम्रो खेति नहुने सो ठाउँमा कृषक महिलाहरुले नङग्रा ख्याएर पनि आफ्नो गुजाराका लागि रात दिन नभनि खटि रहेका देखिन्छन् । परम्परागत र भौगोलिक आधारमा ठगिएको विकट ठाउँमा उनिहरुको एक मात्र साहारा तरकारी खेति भएको बताउँछन् ।
करीव ८ सय भन्दा वढि जनसंख्या रहेको बस्तिमा केही महिला तरकारी , मौरी, कुखुरा र बाख्रा पालन व्यवसाय गरि रहेका छन् । तरकारी खेतीबाटै वार्षिक दुई देखि तीन लाख सम्म आम्दानी गर्न सफल भएको वडा १ की कृषक बदमा बोहराले बताइन् । उनका अनुसार तरकारी व्यापारले घर खर्च र छोरालाई डाक्टर समेत पढाउँनका लागि सजिलो भएको बताउँछन् ।
कृषक महिला झुप्री सुनार भन्छिन् मौरी पालन बाट मह विक्रि गरेर छोरा छोरीलाई पठनपाठन र घरको नुन, देखि सुन सम्मको सामाग्री किन्नलाई सजिलो हुने गरेको बताउँछन् । ४ वटा घारहरु गरेकी सुनारले आफ्नो जिउने आधार भनेको मौरी पालन भएको बताउ छिन् ।
साथै कृषक महिला सिमा परियारको एक बाख्रा बाट अहिले १४ वटा बाख्राहरु बढेका छन् । त्यतिमात्र नभई अहिले कुखुरा पालन गरेर एक अण्डाको २५ रुपियाँ पाउँदा विभिन्न घर्यासी समानको जोहो गर्नलाई सहज भएको परियार बताइन् ।
यसरी तरकारी र कृषिमा लाग्नका लागि सिएफडी नेपालले सहयोग गरेको सिमा परियारले बताइन् । यस संस्थाले घाँस दाउरा, चुलो चौकोमै व्यस्त हुने हामी महिलाहरुलाई तरकारी खेती तथा शिपमुलक काममा आकर्षशित गरेको बदमा बोहरा भन्दछिन् ।