०७ पुष २०८१, आइतबार

नेपाल सरकारको निर्देशन अपहेसलना गर्दै भत्ता पचाउन तालिम कार्यक्रम

Khabarsabaiko बुधबार, चैत्र ०५, २०७६

विश्वभर महामारीको रुप लिएको कोरोनाको डरले जमघट हुने कार्यक्रम तथा  सार्वजनिक गतिविधिहरु नगर्न नेपाल सरकारको निर्देशन विभिन्न माध्यमा अार्इ रहेको बेला । सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासन, र स्थानीय सरकारले कुनै कार्यक्रम, आमसभा, ठुला भोज भतेर नर्गन नगराउन खबरदारी गरिरहेको अवस्थामा यस यसलाई उपेक्षा गर्दै कृषि विकास कार्यालय हुम्लाले तालिम सञ्चालन गरेको छ । सो कार्यालयको हलमा ६० जना भन्दा बढीको उपस्थितमा कार्यक्रम सञ्चालन गरिएको छ । कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्र भुषण झा भने माथिको निर्देशन अनुसार कार्यक्रम सञ्चालन गरिएको बताए ।

फागुन २८ गते देखि चैत ३ गते सम्म सञ्चालन गर्न माथिबाट निर्देशन आएको भन्दै सार्वजनिक सुरक्षालाई अवहेलना गर्दै भत्ता पचाउनका लागी कार्यक्रम गरिएको स्थानीयहरुको गुनासो रहेको छ । यदि सार्वजनिक सुरक्षामा बाधा परे त्यसको जिम्मेवार को ? तर आज कार्यक्रम सञ्चालन गरेपनि भोलि देखि नर्गने सोही कार्यालयका प्रमुख झाले बताए ।
व्यानरमा दलित अति विपन्न तथा लक्षित वर्ग विषेश एकिकृत नमुना अर्गानीक कृषि प्रवन्ध कार्यक्रम सञ्चालन गरिएको झाले बताए ।
यस अघि नै जिल्लामा सञ्चालीत अन्य सरकारी तथा गैरसरकारी कार्यालहरुले भने ठुला कार्यक्रम, भिडभाड हुने कार्यक्रमहरु स्थगित गरिसकेका छन् ।
सिमकोट पालिका भित्र हुने कुनै पनि गोष्ठि, तालिम, मानिसको बढी भिडभाड हुने जस्ता कार्यक्रमहरु सञ्चालन नर्गन, नगराउन सुचना जारी गरिएको जानकारी सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले दिए ।

यहाँ कमेन्ट गर्नुहोस्