Khabarsabaiko बुधबार, चैत्र १९, २०७६
नेपाल आयल निगम लिमिटेडले डिजेल-पेट्रोलको मूल्य १० रुपैयाँले घटाएको छ । कोरोनाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्