Khabarsabaiko बिहिबार, चैत्र २०, २०७६
हुम्ला–कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा ८९ क्वारेन्टाइन र १३ वटा आइसोलेसन वार्ड तयार पारिएको छ ।
जिल्लाका सातै गाउँपालिका क्वारेन्टाइन तयार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।
सदरमुकाम सिमकोट ५० क्वारेन्टाइन र १३ वटा आइसोलेसन वार्ड र अन्य गाउँपालिका नाम्खा १० खार्पुनाथ ३ अदानचुली २० ताजाँकोट ४ चंखेली गाउँपालिका २ वटा गरी जम्मा ८९ वटा क्वारेन्टाइन तयार भएको स्वास्थ्य सेवा केन्द्र हुम्लाका निमित्त प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिएका छन् ।
सुर्खेत र नेपालगञ्जबाट आएका सिमकोट गाँउपालिका ५ जना र नाम्खा गाउँपालिका ३ जना गरी ८ जना क्वारेन्टाइनमा राखिएको छ ।
नाम्खा गाउँपालिका भारतबाट आएका ११ जनालाई नाम्खा गाउँपालिका १ का वडाध्यक्ष प्रेम लामाको रोहबरमा होम क्वारेन्टाइनमा पठाइएको बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चंखेली नाकाबाट २ सय ३४ जना र कर्बाडी नाकाबाट ५ सय ७० जना गरी जम्मा ८ सय ४ जना हुम्ला प्रवेश गरेका छन् । जसमध्ये भारतबाट आएका २८ जना रहेको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिएका छन् ।