०७ पुष २०८१, आइतबार

हुम्ला भित्रिने मुख्य नाका चंखेली गाउँपालिकामा अझै बनेन क्वारेन्टाइन

Khabarsabaiko मंगलबार, बैशाख १६, २०७७

हुम्ला भित्रिने मुख्य तिन नाका नाम्खा, कवाडि (ताँजाकोट) र चंखेलि रहेका छन् । जसमा अन्य नकामा  क्वारेन्टाइन बनेपनि चंखेली गाउँपालिकामा अझै बनेको छैन , गाउँ आउनेको संख्या बढ्दै लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथामका लागि तीनै तहका सरकार एकसाथ अघि बढे पनि हुम्लाको चंखेली गाउँपालिकाले भने यस विषयमा कुनै पहल गर्न सकेको छैन ।

गाउँ प्रवेश गर्नेको संख्या बढिरहे पनि गाउँपालिकाले क्वारेन्टाइन अहिलेसम्म नबनाएको स्थानीयले गुनासो गरेका छन् । छिमेकी जिल्ला मुगुको गमगढी हुँदै चंखेली गाउँपालिका प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गए पनि हालसम्म क्वारेन्टाइनको व्यवस्था गरिएको छैन ।

जिल्लाका ६ वटा गाउँपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाइसकेको भए पनि चंखेली गाउँपालिकामा एउटा पनि क्वारेन्टाइन निर्माण नगरेको स्थानीयको गुनासो छ । नेपालगन्ज, सुर्खेत, काठमाडौं, बुटवल, पोखरालगायतका सहरबाट दिनप्रतिदिन कैयाैँ व्यक्ति चंखेली गाउँपालिका प्रवेश गर्ने गरेका छन् ।

चंखेली गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार क्वारेन्टाइन प्रत्येक वडामा बनाउने भनिएको छ । प्रत्येक वडामा क्वारेन्टाइन बनाउने छलफल भएको र गाउँपालिकाले विपत् व्यवस्थापनका लागि १५ लाख रुपैयाँ बजेट विभाजन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्