१५ पुष २०८१, सोमबार

रोकिएको कर्णाली करिडोरको निर्माण कार्य सुरु

Khabarsabaiko बुधबार, बैशाख १७, २०७७

बन्दाबन्दीले रोकिएको नाममा चर्चा पाएको तर काममा प्राथमिकतामा नपरेको कर्णाली करिडोरको निर्माण कार्य सुरु भएको छ । राष्ट्रिय गौरभको आयोजना समेत रहेको करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न नेपाली सेनाले निर्माण कार्य अगाडी बढाएको हो । रोकिएको काम सुचारु भएको ताँजाकोट गाउँपालिकाका स्थानीय जगत शाहीले बताउदै अब करिडोरको कवाडी देखि सलिसल्ला खण्डको काम निर्धारित मितिमा सम्पन्न हुने बताए ।
सेनाले गाउँपालिकालाई काम अगाडी बढाउन कामदार पठाउन सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले पनि कामदार पठाउदा काम सुचारु भएको हो । बन्दाबन्दीमा पनि काम सुचारु भएपछि करिडोरको काम समयमै सम्पन्न हुने आशा पलाएको छ । हाल काम सुचारु भएको क्षेत्रमा बिष्फोट गर्ने,  ग्याबिन भर्ने जस्ता कार्य गरि रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्