१५ पुष २०८१, सोमबार

डेढ लाख रुपैयाँ आर्थिक सहयोग लकडाउनले अलपत्र परेका विद्यार्थीको उद्धारका लागि

Khabarsabaiko शुक्रबार, बैशाख १९, २०७७

लकडाउनले अलपत्र परेका विद्यार्थीको उद्धारका लागि हुम्लाको चंखेली घर भएका एक कर्मचारीले डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

काठमाडौं, बुटवललगायतका सहरबाट नेपालगन्ज पुगी अलपत्र परेका हुम्लाका विद्यार्थीलाई खाना तथा यातायात खर्चका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेमा कार्यरत ओभरसियर धीरज तामाङले एक लाख ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग गरेका हुन्।

लकडाउनले नेपालगन्जमा अलपत्र परेका चंखेली, सर्केगार्ड र खार्पुनाथ गाउँपालिका क्षेत्रका विद्यार्थीको उद्धारका लागि उनले आर्थिक सहयोग गरेका हुन्। लकडाउनको कारण विद्यार्थी अलपत्र परेको देखेपछि आफूले गाडीका लागि डिजल, बिस्कुट, चाउचाउलगायतका खाद्यान्न गरेर एक लाख ५० हजार रुपैयाँबराबरको सहयोग गरेको उनले बताए।

यहाँ कमेन्ट गर्नुहोस्