१० पुष २०८१, बुधबार

हुम्ला जिल्ला हक्की संघले क्वारेन्टाइनमा सेनिटाइजर र साबुन सहयोग

Khabarsabaiko मंगलबार, बैशाख २३, २०७७

कोरोना भाइरस रोकथामका लागि हुम्ला जिल्ला हक्की संघले क्वारेन्टाइनमा बसेका ६९ जना नागरिकलाई सेनिटाइजर र साबुन सहयोग गरेको छ ।

वडा नम्बर ६ भिमसेन विद्यालय र वडा नम्बर ५ को मानसरोवर विद्यालयमा क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई हक्की संघ हुम्लाले सेनिटाइजर साबुन सहयोग गरेको हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले जानकारी दिए ।

सानो सहयोग भएपनि क्वारेन्टाइनमा सेनिटाइजर र साबुनको मुख्य आवश्यकता देखिएकाले सहयोग गरिएको अध्यक्ष रावतको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्