Khabarsabaiko बिहिबार, बैशाख २५, २०७७
राज शाही, हुम्ला
हुम्लाको नागरिक समाजले तीनै तहका सरकारसंग फरक किसिमले माग राख्दै बिरोध जनाएको छ । सरकार लाइ जिल्ला बाहिरबाट नागरिकलाई उद्धार मात्र गरेको तर कोरोना संक्रमणका चेकजाँच गर्ने उपकरण उपलब्ध नगराएकोले स्थानीय, प्रदेश र संघीय सरकारसंग फरक किसिमले माग राख्दै दबाब दिएका छन् ।
सिमकोट बजार भरि कोरोना भाईरस संक्रमण बिरुद्ध सरकारहरुले जिल्लामा प्रभाबकारी कदम चाल्न नसकेको आरोप लगाउदै नागरिक समाज हुम्लाले बजार भरि पर्चा टाँसेर बिरोध जनाएका छन् । केही दिन अगाडी स्थानीय सरकारको मागलाई समधान गर्दै प्रदेश र संघीय सरकारले सुर्खेत र काठमाडौंमा रहेका नागरिकलाई हवाई र पैदल मार्गबाट उद्धार मात्र गरेको तर कोरोना संक्रमणको परिक्षण किट उपलब्ध नगराएकोमा बिरोध जनाउदै बजारमा पर्चा टाँसेर फर शैलीबाट सरकारलाई घचघच्याएको नागरिक अगुवा बसन्त रोकायाले बताए ।
नागरिकको उद्धार संगै परिक्षणका लागि उपकरणको ब्यबस्था तत्काल गर्न पर्चामा उल्लेख गरिएको छ । यो अहिलेको संकटका बेला सहज रुपमा लकडाउनलाई पनि सहयोग गर्दै बिरोध गरिएको र यसको सुनुवाई तीनै तहका सरकारले गर्न नसके स्थानीय प्रशासन मार्फत पनि अर्को किसिमले दबाब नागरिक समाजले दिने जनाएको छ ।
अहिले हुम्ला एक हजार दुई सय चौवन्न नागरिकको उद्धार गरि भित्रिए पनि परिक्षणका लागि आडिटी र पिसिआर किट भने छैन । नागरिक समाजको पर्चामा जसरी पनि अहिले जनता बचाउने अभियानका तीनै तहका सरकार लागनु पर्ने उल्लेख गर्दै पर्चा चोक चोकमा टाँसिएको छ ।