Khabarsabaiko शनिबार, बैशाख २७, २०७७
राज शाही, हुम्ला
हुम्लामा बन्दाबन्दी यता रोकिएका विकास निर्माणका सामाग्री हवाई मार्गबाट ढुवानी हुन सुरु भएको छ । विकासे कामहरु अगाडी बढाउने सरकारको निर्णयसंगै हुम्लामा पनि रोकिएका कामहरु सुचारु हुन थालेपछि नेपालगंजबाट सामानहरु ढुवानी हुन सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले निर्माण व्याविसायीको सिफारिसमा तोकिएका योजनाका लागि आवश्यक सामानहरुको लागि गृह मन्त्रालयबाट सहमति भएर आउने सामानहरुको ढुवानी सुरु भएको बताएकी छन् ।
ढुवानी सुरू भए संगै विभिन्न योजनाका पाईप, रड, सरिया, जस्तापाता, सिमेन्ट, किला काँटीहरु, विद्युतका पोल आउने गरेका छन् । यसबाट खानेपानी, सिंचाई, भवन, बिधुत आयोजना, सडक निर्माण जस्ता तीन दर्जन भन्दा बढी योजनाका कामहरु अगाडी बढ्नेछन् ।
सिता एयरका हुम्ला इन्चार्ज छेपाल लामाले शुक्रबार मात्र सात फ्लाईट निर्माणका सामानहरु नेपालगंजबाट ढुवानी भएको र अब केही दिन यो क्रम जारी रहने बताए । बिकास निर्माणका सामानहरु ढुवानी सुरु भएपछि धेरै योजानाहरुको काम सुरु हुन थाल्ने निर्माण व्यावसायी बताएका छन् ।
यसबाट सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका विभिन्न योजनाहरुको निर्माण कार्य अगाडी बढ्न भएका छन् । त्यो संगै दैनिक उपभोग्य सामानहरु पनि ढुवानी सुरु भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्