०९ पुष २०८१, मंगलबार

कोरोना संक्रमित थप १ पुरुषको पोखरामा मृत्यु

Khabarsabaiko सोमबार, जेठ २६, २०७७

स्याङजाको वालिङ नगरपालिकाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बिज्ञप्ति मार्फत उनको मृत्यु भएको पुष्टि गरेको छ ।

जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो ।

उनलाइ २५ गते देखी अाइसोलेसनमा राखिएको कुरा जनाइएको छ । यो संगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्