०७ बैशाख २०८२, आइतबार

नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ।

Khabarsabaiko बिहिबार, आषाढ २५, २०७७

च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्। चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचार च्यानलको प्रशारण बन्द गरेका हौँ’ शर्माले  भने ‘हामीलाई सरकार वा कुनै निकायले निर्देशन वा दवाव दिएको होइन।’

म्याक्सले करिब २० वटा भारतीय च्यानलको प्रशारण रोकेको उनले जानकारी दिए। म्याक्ससहित डिसहोम लगायत ८–९ वटा वितरक कम्पनीहरुले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेको उनले बताए।

आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्य पनि गम्भीर हुनुपर्ने शर्माको भनाई छ।

उनका अनुसार मनोरञ्जन तथा खेलकुदका भारतीय च्यानलको प्रशारण भने यथावत रहनेछ।करिब सबैजसो च्यानल वितरक कम्पनीहरु भारतीय समाचार च्यानलको प्रशारण रोक्न सहमत भएको उनको भनाइ छ।

#यो समाचार सेतोपाटि बाट साभार गरिएको हो

यहाँ कमेन्ट गर्नुहोस्