०७ पुष २०८१, आइतबार

किसान हुँ म मानो रोपेर मुरि उब्जाछु !

Khabarsabaiko शुक्रबार, आषाढ २६, २०७७

म घरमै साग र सिस्नु खाएर कहाँ म अघाउछु
नदि बिर्सिएर पानी प्युन मरुभुमिमा म आउछु
म एक्लै हिड्न सक्छु भन्ने थहा पाएर उ भनिरहन्छ
आउ मेरो हात समाउ म तिमिलाइ हिड्न सिकाउछु
जिवनभर नगरपालिका नदेखेकी नारीले भनिन
म अब मेरो जड्या लोग्नेको बिरुद्द उजुरी लेखाउछु
हेर रक्सी पिएर घर झगडा गर्नु हुदैन,धेर हल्ला नगर
उ यसै भन्छ जब म उस्लाइ यस्तै भनेर सम्झाउछु
यसैले त नदि बिर्सेर पानी प्युन मरुभुमिमा म आउछु
उ सय रुपैयाकै लागि साहुको गुलाम गर्न जान्छु भन्छ
तर किन भन्दैन कि आमा बाउलाइ म काम सघाउछु
दिनभरी सुतेर सपना देख्छ गर्न चाहिँ केही पनि गर्दैन
रातभरी छेपारो भनिरहन्छ भोलि चाही घर बनाउछु
तिमी धेरै धन कमाउछु भनेर धाग नदेउ
किसान हु ,म मानो रोपेर मुरि फलाउछु
म घरमै साग र सिस्नु खाएर कहाँ अघाउछु
नदि बिर्सिएर पानी प्युन मरुभुमिमा म आउछु
Ratuwamai-morang
✍️बिद्रोही कवि सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्