०२ माघ २०८१, बुधबार

हुम्लामा अविरल वर्षाः विभिन्न स्थान क्षेति

Khabarsabaiko शुक्रबार, आषाढ २६, २०७७

हुम्ला– एकसातादेखि परेको अविरल वर्षाले हुम्ला जिल्लाका विभिन्न स्थानहरुमा क्षेती पुगाएको छ । बाढी पहिरो र खोलाको बहाव बढेपछि जिल्लाका ७ वटै गाउँपालिकामा क्षेति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चंखेली गाउँपालिका–१ जाँचे खोलाले ४ वटा घर पुरेको र चंखेली गाउँपालिका–२ दार्मा स्थित दुईतले घरको देवल भत्काएको जनाएको छ ।
सर्केगाड गाउँपालिका–४ मुण्डी गाउँमा खेतबारी भत्काएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले बताए । यस्तै गरी अदानचुली गाउँपालिका–६ लौठीमा रामलाल टमटाको दुईतले घर भत्काएको डिएसपी सुवेदीको भनाई छ । सर्केगाड गाउँपालिका–३ उनापानीमा रहेको तातोपानी कुण्ड र शौचालय बगाएर लिएको स्थानीय छक्क फडेराले जनाकारी दिए ।खोलामा रहेको ४ वटा खोले घट्ट,र गुसाले लेखमा रहेका खेतबारी बाढी पहिरोले बगाएको फडेराले बताए ।
यस्तै गरी खार्पुनाथ गाउँपालिका–२ स्थित लक्ष्यखोलाको पुल बाढीले बगाएर लिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । गाउँपालिकाले निर्माण गरेको काठे निरन्तर परेको अविरल वर्षाले बगाएर लिएको अध्यक्ष रावलले बताए । उनले भने खार्पुनाथ–४ स्थित नल्ला खोलामा रहेको घट्ट समेत बगाएर लिएको अध्यक्ष रावलको भनाई छ । यस्तै गरी उत्तरी नाम्खा गाउँपालिका लिमिका ३ गाउँमा बाढीपहिरोले बाटो अवरुद्ध भएको छ । एक सातादेखि परेको अविरल वर्षाका कारण लिमीका तिल,जाङ, हल्जी गाउँ आवतजावत गर्न बाटो अवरुद्ध भएको हो ।
न्यालुदेखि टुम्लिङसम्म आवतजावत गर्ने बाटो बाढीपहिरोले अवरुद्ध बनाएपछि समस्या भएको नाम्खा गाउँपालिका–६ हल्जीका स्थानीय कन्जोक फुरुबु तामाङको भनाई छ । अविरल वर्षाले जिल्लाका ७ वटै गाउँपालिका लाखौ क्षेति बनाएको स्थानीयहरुकोले बताएउने गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्