०६ पुष २०८१, शनिबार

सत्ताको किचलो !

Khabarsabaiko शनिबार, आषाढ २७, २०७७

✍️गजल न: १
अरु गर्छन आफू गलो डाहले जलो
फगत फैलिरहेछ सत्ताको किचलो ।।
घर बिगार्छ देस बिगार्छ खेतबाली बिगार्छ(२)
त्यो बादर र सलह हो जो गर्दैन कसैको भलो
रत फगत फैलिरहेछ आज सत्ताको किचलो ।।
मेरो प्रेम त अमृत हो भन्थेउ,तिम्रो प्रेम(२)
तर त्यो पानी भन्दा पनि रहेछ फितलो ।।
दुख सुनायौ हजारबार तिमिले गित गायौ(२)
बहिरो थियो त्यो,बेकारमा सुकायौ गलो ।।
ब्यहवार चाहिन्छ सफा बिचार चाहिन्छ (२)
जातले हुदैन मान्छे माथिल्लो र तल्लो
फगत फैलिरहेछ  सत्ताको किचलो ।।
सरकार यो राजनीति नेतृत्व गर्ने ठाउँ होकि(२)
गर्दिन भन्दै सधै भ्रस्टचार मात्रै गरिरहने थलो
रत फगत फैलिरहेछ आज सत्ताको किचलो ।।
आहारको अभाव भए पनि भ्रस्टचार गर्दैन(२)
मज्दुर बरु मागिरहन्छ जमिन्दारसङ्ग हलो
यहाँ अरुहरु गर्छन आफू बढो डाहले जलो
रत फगत फैलिरहेछ आज सत्ताको किचलो ।।

✍️ बिद्रोही कवि सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्