Khabarsabaiko मंगलबार, साउन १३, २०७७
हुम्ला–उत्तरी चीनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका–६ लिमीका ३ गाउँलाई सुधारिएको चुल्होे वितरण गरिएको छ । स्थानीय चुल्होलाई विस्थापन गरी प्राकृतिक इन्धनमा बचत र स्वास्थ्यमा सुधार ल्याउने हिसावले सुधारिएको चुल्हो वितरण गरिएको हो ।
लिमिका तिल गाउँमा २६ वटा जाङमा ६६ वटा हल्जीमा १ सय ११ वटा गरी २ सय ३ थान चुल्हो वितरण गरिएको ग्रमिण जलश्रोत परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाले जानकारी दिए ।
लिमिका ३ गाउँमा उपयुत्त, हुने तिब्बती मोडेलको सुधारिएको फलामे दिएको परियोजनाका जिल्ला सल्लाहकार थापाले बताए । स्थानीय जनताको जनश्रमदान, प्रतिघर ३ हजार रुपैया र गाउँपालिकाको म्याचिङ्ग फण्ड र ग्रमिण जलश्रोतको सहयोगमा कुल ३९ लाख ८० हजार ६ सय ८८ रुपैयामा चुल्होहरु उपलब्ध भएको परियोजनाका जिल्ला सल्लाहकार थापाको भनाई छ ।
हिमाली भेगमा दाउराको अभावलाई किफायति बनाउन सहयोग गर्ने छ । भने गृहणीको स्वास्थ्यमा पनि सुधार ल्याउने आशा गरिएको वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । एक घरको ३ हजार पैसा पनि उठाएका थियौ स्थानीय जनताले जनश्रमदान पनि गरेका छन् वडाध्यक्ष तामाङले भने ।