०६ पुष २०८१, शनिबार

धेरै नै फरक छ साथी हाम्रो साहित्यमा !

Khabarsabaiko शनिबार, साउन १७, २०७७

तिमी प्रचण्ड चट्टान हौ
र म बिरामी बूढो बाघको अढान हु !
तिमी उभिन्छौ ।
तर,म हिन्छु ।।
हामिहरु दुबै जना कबि हौ ।
तर हामी धेरै  नै फरक छौ ।

तिमि अतितमा अल्झिएर

टड्पिरहेको कुनै बर्तमान झै
बिगतलाइ सम्झिएर साहित्यमा आएका हौ
साथी तिमी भासिएका छौ
तर,तिमीले कैले पनि
माथी उठ्ने प्रयास नै गरेनौ
केवल म माथी उठ्न सकिन मात्र भनिरह्यौ ।
तिम्रो बर्तमानसङ्ग
कुन्नै परिकल्पना छैन
केबल बितेर गएका सम्झनाहरु मात्र छन
यसैलाई मेट्नलाई तिमी साहित्य लेख्छौ ।
तर,कैले पनि आफ्ना गाडिएका
खुट्टाहरु निकाल्न बल गर्दैनौ
कबिताहरुमा तिमी केवल
आफ्ना कुण्ठाहरु मात्र पोख्छौ ?
आफ्ना दुख पोख्छौ,दर्द पोख्छौ
र कबिता लेख्छौ
तर किन अरुको दुख देख्दैनौ
तिमी अरुको कबिता लेख्दैनौ?
र किन खोज्दैनौ तिमी
यो सिङ्गो मानव जिवनको अस्तित्व ?
आफ्नु चीत्कार मात्र पनि कबिता हैन
पृयासिसङ्गको यादगार मात्र
कबिता हैन
अनि उन्का बैसालु यौवनका लिपिस्टिकहरुमा
लत्पत्तिएका मायालु ओठहरु
मात्रै पनि कबिता हैनन
र अर्कै नाठोसङ्ग पैला गएर
श्रीमतिले दिएका अनन्त चोटहरु
मात्रै पनि कबिता हैनन
यस्ले यसो गर्यो
उस्ले उसो गर्यो
तेस्ले तेसो गर्यो
र केवल त्यो मात्रै पनि कबिता हैन
भिजन कहाँ छ
तिम्रो कबितामा
र कहा छन जिवनदर्शनहरु
दिल खोलेर आफ्ना दुखहरु त सुनायौ
तर किन कैले पनि सोधेनौ कि
आखिर अब के गर्ने भनेर?
बिगतलाई बिर्सिएर
भबिस्यलाई सम्झिएर
यदि,तिमिले भोलिका लागि
अलिकती पनि चिन्ता गरेको भए
त्यो धेरै नै मीठो कबिता हुन्थ्यो?
हो,यहि फरक छ साथी
तिम्रो र मेरो कबितामा
तिमी कबिको भाषा
र गुनासालाइ कबिता भन्छौ
म भोलिको अभिलाषालाइ कबिता मान्छु।
तिमी आफ्नु मनको बह र गहको आँसुको प्रकाशनलाइ कबिता मान्छौ
तर,म तमाम आम जनरोदनलाइ कबिता भन्छु ।
हुदा हुदा ! तिमि राजनितीलाई पनि कबिता भन्छौ
मित्र तर म राजनितिभित्रको बेथितिलाइ ।
तिमी पार्टिको प्रस्तवना
र भाषणका आस्वासनहरुलाइ पनि
कबिता भन्छौ
म त्यसभित्रका सम्भावनाहरुलाइ ।
तिमि चुनाबमा चिकट पाएर
र्याली र बिजय जुलुसमा
झ्यालिझ्याम्टा बजाएर सडक
निस्किरेका केही कार्यकर्ता
र नेताको जितलाइ कबिता मान्छौ
म जितेर पनि रोइरहेका
जन्ताको गितलाइ कबिता मान्छु ।
तिमी पैसाको नोट र बिटालाइ
कबिता भन्छौ
म जन्ताको भोट र अस्मितालाइ ।
तिम्रो बुझाइ लेखाइ गराइ र भनाइ
मसङ्ग धेरै नै अमिल्दो छ साथी
तिम्रो साहित्यिक क्यामेस्ट्री अमिल्दो छ
साम्यबादी भएर पनि
हामी धेरै नै नमिल्दा छौ साथि
अनि अस्वभाबिक छौ ।
ऐतिहासिक केही साहसिक
सफलता हासिक गरेका
हामिहरु दुबै जना कबि हौ ।
तर हामी धेरै  नै फरक छौ ।
र यहि,बिचारबाट अलग्गिएर हामीहरु
किनारमा छुट्टिएर दुई धार भएर बाढियौ
कबितै लेख्नलाई तिमी जङ्गल गयौ
र म जेल ।
तर,जङ्गल हुदा तिमिले
केवल कलममात्र उठाएनौ/तरवार पनि उठायौ
औला मात्र उठाएनौ /हातहरु पनि उठायौ
अनि घुसायौ डटपेनका तिखा छुराहरु
असक्त छातिहरुमा भाला गाडेर
र रोप्यौ रगतका थोप्पाहरु
र लुट्यौ कयौ निर्दोष खुशीहरुसङ्गै
अबोध ओठहरुको उमङ्ग खोसेर
र लेख्यौ रातो रङ्गको झण्डामा
जन्ताको रातो रगतले लत्पत्तिरहेका
राता अछ्यरका अनन्त कबिताहरु ।
तर,कलम बाहेक मैले केही पनि समाइन
कारागारमा मैले कैले पनि हतियार उठाइन
किनकी,मैले यो देसको कानुन
आफ्नु हातमा लिन चाहिन।
पछि,काठमाण्डु फर्किएपछि
तिमिले आफ्ना कबिताहरुको किताब निकाल्यौ
तिम्रो किताब हिट पनि भयो
र तिमि चर्चित कबि भयौ
अनि तिम्रो चर्चा चुलियो शिखरमा
र सुनियो तिमै मात्र गुनगान सर्बत्र सहरमा
तिमिलाइ पाठकहरुले जनबादी कवि बनाए
र भिराए
नेपाल सरकारले तिमिलाइ
क्रान्तिकारी कविको उपाधि ।
तर,मैले तिम्रो कबिताका उदगारमा
  रिमालका जस्ता क्रान्तिका ज्वार भेटिन
र देखिन कैले पनि
कृष्णसेन इछ्छुकका जस्ता मुक्तिका अठोटहरु
खैर सबैले तिमिलाइ
यो युग बद्ल्ने प्रतिनिधि माने
र यो मुलुकको आबाज बोल्ने युगकवि माने
तर,तिम्रो त्यो कबित्व देखेर मैले
नत कैले तारिफ नै गरे
न मैले आरिस नै गरे ।
छिमेकिले हामिहरुलाई
हेप्दा समेत तिम्रो नत कलम उठ्यो
नत तिम्रो त्यो धारिलो हतियार नै
नाका बन्दी र भारतिय बिस्तारबाद बिरुद्द
मैले बोले
बिरामी हुदा समेत अस्पतालको बेडबाट
र सिङ्गो देसको हित्तको निमित्त
कबिता लेखे
मैले, करोडौ जन्ताको सम्बोधन गरे
तर,अफसोच
मलाइ कसैले पनि समर्थन गरेनन
सबैले खन्डन गरे ।
बिजोग देखाएर
सडकमा आएर
अनि येल्लो रङ्गको आन्दोलन गरे
बस मैले यत्ती भनेको थिए
कि कोरोना भाइरस
र यो रोगको उपचारमा
अदुवा,बेसार खानु उचित हो
र मैले यो सरकारको
भ्रस्टचारको बिरुद्द बकालत गरे
तर,सबैले मेरो मजाक उढाएर
तेरो दिमागको तार खुस्किएको छ? भने
मेरो पन्चायत बिरोधी कबिता सुनेर
मेरो कलम र सारा सर्बस्व खोसेर
सरकारले मलाइ गिरफ्तार गरेर
आजिवन कारागारमा थुनिदियो ।
र,तिम्रो राजतन्त्र बिरोधि कबिता सुनेर
श्रीपाचले तिम्रो नागरिकता नै
जफत गर्नलाइ
अदालतले तिमिलाइ देसभर खोजिरह्यो ।
तिमि भुमिगत भएर हिड्यौ
र साउदिको लादेन जसरी हरायौ।
अनि उठायौ हतियार
र केही जन्ताहरुलाइ रुवाएर
पछि आफै आँसुकवि भएर निस्कियौ  !
केहि बर्स साहित्यको सङ्गघर्ष पश्चात्
र कुनै बेला रातरात
तिमि महाकवि पनि भएका थियौ ।
तर,क्या बात !
बार बर्षमा त खोला पनि फर्किदो रहेछ
क्यु कि ये पृथ्बी गोला हे
इस्लिए हर कुत्ताका दिन आता हे
मैले तिनै पिडित जन्ताको गित गाए
तिमिले हातखुट्टा भाचिदिएका /र सिन्दुर पुछिदिएका
तिनै पिडितको कबिता तिनिहरुलाई नै सुनाए
मैले आवाज बिहिनहरुको आवाज उठाए
यसै,कारण मैले मदन पुरस्कार पनि पाए
र म बिस्तारै
सर्बहारा साहित्य सङ्गठनको अध्यछ्य भए ।
बिचारकै बेमेल्का कारण
दोबाटोबाट बियोग भएर
दुई धारमा अलग्गिएका हामिहरु
दैब सन्जोग !
किनारमा छुटिएका खोलाहरु जस्तै
नदिसागरमा भेटिए झै गरेर
हामिहरु !
फेरि पनि साहित्य सन्सारमा एकाकार भयौ
र सङ्गै मिलेर
जन्ताको कबिता लेख्ने प्रण गर्यौ
साहित्यका लागि नभै पाठकको निमित्त
कबिता लेख्ने कसम खायौ ।
र हामिले
कबिता लेखिरह्यौ,
निरन्तर लेखिरहह्यौ।
समृद्द नेपाल र सुखि नेपालिको सपना देखेर
यस्तै केही आसा भरोसाहरुको कबिता लेखेर
अन्तत,मैले मेरा ती सारा कबिताहरु
यो देस्को नक्सामा छापिदिए
जुन,बखत
म यो देसको रास्ट्रकबि भैसकेको थिए ।
तर,अफसोच
मेरो त्यो कबित्व !
तर,अफसोच
मेरो त्यो दायित्व !
तिमिलाइ आज किन भार भएको छ
साथी भन किन अस्बिकार्य भएको ति
नत्र,किन मेरो कबिताको बिरोध गरेर
तिमिले यति धेरै कबिता लेखिदियौ आज?
कि त्यो पढेर मेरा आफ्नै पाट्नर
र पाठकहरु पनि मेरा आलोचक भए !
 ✍️बिद्रोही कवि सुजन बुढाथोकि
  __रचना मिति: २०७७/०३/२९
 ________________________________________
#यहा सर्बहारा तथा साम्यबादी साहित्य सङ्गठन भनेर कम्युनिस्ठ पार्टिलाइ इङ्गकित गरेको हो । भने काल्पनिक साहित्य चित्रण र प्रतिक प्रयोगको मार्फत मुलत देसको राज्य सत्तालाई दर्साउन खोजिएको हो । 

यहाँ कमेन्ट गर्नुहोस्