Khabarsabaiko आइतबार, साउन १८, २०७७
जब देशमा सर्बहारा शासन आउनेछ
तब मात्र पिडितहरुले न्याय पाउनेछ
जुन दिन यो मुलुकमा पुजिवाद अन्त्य हुनेछ
तब मात्र सामन्तबाद र अपराध अन्त्य हुनेछ ।
!
र जुन दिन कानुन परिस्कार हुनेछ
तब मात्र अपराधि गिरफ्तार हुनेछ ।।
हामिहरुले जन्ताको कानुन कति पर्खियौ ।
जब एउटा शामान्ती सोषकको
उदयसङ्गै हामी हाम्रै सामाजमा
हर समय उस्को भयमा बाच्न बिवश थियौ ।।
हामिहरुलाई हलि बनाएर
दिनभरी काम लगाएर
हाम्रो गर्धन र गलामा लगाम लगाएर
काधमा गधाको जस्तो भारी बोकाएर
सस्तो श्रम र ज्यालादरको दाममा
हामिहरुलाइ गुलाम बनाएर
उस्ले हामिहरुमाथी जर्जर ब्यवहार गर्यो
र हाम्रो मुख बन्द गरेर खोस्यो हाम्रो आबाजलाई ।
हाम्रा हरेक हक अधिकारहरुलाइ ।
अभिब्यक्ति स्वतन्त्रता हनन गर्यो
उस्ले हामिहरुलाइ धेरै नै दमन गर्यो ।
हाम्रो हातखुट्टाहरुमा हातकढि बाधेर
बन्देज बनायो
हाम्रा निर्दोष पाइला र हत्केलाहरुलाइ ।
र गलामा मला राखेर
पर्हेज गरायो
दुइ छाक मीठो मसिनो आहार खान पाउने
हाम्रो अधिकारलाइ
लाटो बनाएर
आबाज बोल्न अनि आफ्नु भाव र बिचार
खोल्न पाउने अधिकार
कुण्ठित बनायो ।
र मान्छे भएर पनि
समाजमा अर्को मान्छेसङ्ग गरिने सन्चार
र दोहोरो कारोबार
सबै सबै प्रबन्धित गरायो ।
हामी निलम्बित भयौ गाउमा
एउटा साहुबाट पिडित भयौ
उस्ले हामिलाइ डर देखायो
अनि उस्को हातबाट अकाल मारिने डरले
हामी डरायौ र मुखमा ताला लगायौ
र जिन्दगिभर कैले पनि
उस्को बिरुद्द एक सब्द आवाज बोल्ने आट गरेनौ ।
अर्काको पसिना चुसेर बाचिरहेको परजिबी मुसा
र गरिबको भबिस्य लुटेर रमाइरहेको सलह किरा
र मान्छेको खुन खाएर मोटाइरहेको
कुनै मछ्छेट झै गरेर उ मोटाइरह्यो हरेक दिन
हामिहरुलाइ तड्पाएर
इदि अमिन र हिटलरको जस्तो
साम्राज्यमा फसेर
बन्द कोठाभित्र बसेर ।
पूरा जिन्दगानी उस्को
अधिनमा आश्रीत भएर बित्यो
तर,आम्दानी एक सुक्का भएन ।
दिनभरी भारि बोकेर
रातमा पिठ्युबाट तपतप रगत चुहिरहेको घाउमा
हाम्रो साहुले दबाइ सुद्द लगाइ दिएन
सायद,अस्पतालमा हाम्रो गरिबी निर्मुल पार्ने
कुनै मलम नै बनेको थिएन ।
उपचारबाट पनि बन्चित भयौ
हामी आफ्नै अधिकारबाट बन्चित भयौ ।
हामी भ्रस्ट भाइरस र सामन्तिहरुको
अन्त्य पर्खिरह्यौ ।
र फगत न्याय खोज्दै अदालत पनि गयौ
तर,त्यहाबाट पनि कुनै न्याय निस्किएन ।
सायद,त्यसबखत
यो देसमा कुनै कानुन नै बनेको थिएन ।
जन्ताको कानुन भर्खरभर्खर बन्दै थियो
हाम्रा केही किसानमज्दुर मित्रहरु
अनि यो दुनियाको उद्दार गर्ने
केही क्रान्तिकारि कमाण्डरहरुलाइ
अनिकालमा भोकभोकै तड्पाएर मारियो
अनि अस्पतालमा
यो सारा सन्सारको उपचार गर्ने डाक्टरहरुलाइ
कृतिम बिरामी बनाएर,
अनि तरवारले छेडेर
अनि धसेर छुरा
छाती र फोक्सोमा प्वाल पारेर मारियो ।
र हत्याको आरोप लगाएर
अनि क्रुरसासनको बिरोध गरेको अबियोगमा
उल्टै फसाएर
हामिहरुलाइ उस्ले करागारमा लगेर थुनिदियो ।
झन सोषित भयौ हामी
झनझन भयभित भयौ ।
तर, बेकसुर जिन्दगिभर हामी सजायको
भागिदार भएर त्यहा बस्न तयार भएनौ ।
यसैले हामीले
फलामे जेलहरु सबै भत्काइदियौ ।
र त्यो गद्दार र नरजनवारको
ब्यवहारको बिरोध गर्दै बाहिर निस्कियौ ।
बिगतमा भुमिगत भएका थियौ ।
हामी झन्झिरमा थुनिएका थियौ ।
फलत आफ्नु आबाज मार्फत
हामी एकाएक बाहिर निस्कियौ ।
चाहे जस्तो सुकै कसुर लागोस
हामिहरुलाई उस्ले मारे मारोस
तर,हामी अब उस्लाइ मान्दैनौ
यस्तै कै भनेर,बिद्रोह गरेर
हामीले उस्को चक्रब्यु तोडिदियौ ।
यो एक स्वभाबिक क्रमिक कहानि हो
जरुर,हाम्रो गाउमा सामन्ती साहुले
र सत्ताबाट यो देसमा दलालहरुले
लुटेको अर्थतन्त्र
अब,अलिकती माथी उक्लिनेछ
र त्यो आफै पनि कुनै दिन
पैसाको भेलमा पुरिएर सकिनेछ ।
लुटिएको आफ्नु हक स्थापित
अनि उस्को प्रतिकारका निमित्त
हामिले पहिलो पटक उस्को बिरुद्द
हिम्मत गरेर बोल्यौ
अनि हातभरि भाला र हतियार बोकेर
उस्को बिरुद्द सजग भएर खुलेयाम युद्द लढ्यौ
र मध्यरात,यो देसमा उस्को सामन्तबाद
अल्बिदा अन्त्य भएको घोषणा गर्यौ ।
अनि गलाको मला पनि आफैले उतार्यौ
अनि घाँटी स्वरनलि र जनबादि जिब्रोबाट
सबैभन्दा पहिले सर्बहाराको नाम पुकार्यौ ।
बुलन्द आवाज उठाएर उस्को अन्धकार कोठा
र बन्दकारागार फोडिदियौ
अनि,उस्को राजलाइ तमाम पारिदियौ
माकुरो मार्न नसकेपनी
तर,
जालमा जेलिरहेका जन्तुहरुलाइ तल उतारी दियौ
।
र कठोर कर्फ्युमा पनि
हामि घनघोर स्लोगन नाराजुलुस
र जन आन्दोलनमा निस्कियौ ।
सारा सोषकको ताजलाइ तोडेर
अन्तत,हाम्रो आबाज सडकमा निस्कियो ।
सर्बहाराहरुद्वारा
लकडाउन यसरी खोलियो ।
र त्यो सामन्तशोषक थियो
कोरोना भाइरस’ ||
_________________
✍️बिद्रोही कवि सुजन बुढाथोकी
_________________
रचना मिति :२०७७/०४/०८
रतुवामाइ,मोरङ्ग
यहाँ कमेन्ट गर्नुहोस्