Khabarsabaiko बिहिबार, साउन २९, २०७७
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड–१९) का कारण थप चार जनाको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।
अाजको मन्त्रालयको तथ्यांक अनुसार निको हुनेको संख्या १६ हजार आठ सय ३७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमित संख्या २४ हजार नौ सय ५७ पुगेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्