Khabarsabaiko शनिबार, भाद्र २७, २०७७
सर्केगाड गाउँपालिकामा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । कृषि पेशामा काम गर्दै कृषक प्रोत्शानका लागि अायोजना भएको कार्यक्रममा सर्केगाडगाउँपालिका १ सय ४० जना कृषक कृषि उत्पादन सहित सहभागिता जनाएका थिए ।
एक दिने कृषक मेला प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये २५ वटा खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, तेलहनर दलहनर नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको थियो ।
गाउँपालिका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा मार्सेमा जयपुरी थापा पहिलो,पिडालुमा हिराकली शाही दोस्रो र स्याउमाा गोहिधी फडेराले तेस्रो स्थानमा पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कार प्राप्त गर्नेमा पहिलो ३ हजार,दोस्रो २हजार र तेस्रोमा १५ सय प्रदान गरिएको छ ।सर्केगाड गाउँपालिका, कृषि शाखा र महिला कल्याण सेवाको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।