Khabarsabaiko शुक्रबार, कार्तिक १४, २०७७
हेर यो दसैमा म मिष्ठान्न परिकार खान्छु
डलर आउँछ टीका लाउन परदेश जान्छु
बारुद्द पड्काएर तिम्ले कति सजिलै भनिदियौ
कि म यो देसमा बुद्द जन्माउन चाहान्छु
हेर यो दसैमा म मिष्ठान्न परिकार खान्छु
त्यो महानमानव मन्दिरको चट्टानलाइ पुज्दै भन्छ
“म त बाआमालाइ नै भगवान भन्ठान्छु
हेर यो दसैमा म मान्छेको मासु खान्छु
यो सडकको तडकभडकमा चाडबाड जगाउन
म पनि अरुझै झन्डिमुण्डा कोउडा हान्छु
हेर यो दसैमा म मिष्ठान्न परिकार खान्छु
मेरो सन्सार हरायो आज डुम भन्छ ट्वाइलेटमा
म नोट छाप्छु मेरो परिवारको खुशी छान्नु
हेर यो दसैमा म मिष्ठान्न परिकार खान्छु
मेरो घरको गोरु र बुडो ट्याक्टरले कैले भनेन कि
इस्वर हु म इस्वर यो सारा ब्रह्माण्ड धान्छु
हेर यो दसैमा म मिष्ठान्न परिकार खान्छु
बाहिर सर्बत्र सहर सन्सारभर कोरोनाकहर फैलिरहेछ
यसैले यसपालिको दसै म आफ्नै घरपरिवारमा मान्छु
त्यो ताजमहलको राजा आज यसरी बडादसै मनाइरहेछ
जसरी जङ्गलमा बाघ भन्दो हो कि म विश्वमै बलवान् छु
हेर ! यो दसैमा म मिष्ठान्न परिकार खान्छु
डलर आउँछ टीका लाउन परदेस जान्छु
यहाँ कमेन्ट गर्नुहोस्