Khabarsabaiko मंगलबार, मंसिर १६, २०७७
काठमाडौं – विश्व हिन्दू परिषद् नेपालको आयोजनामा गुरु नानक देवजीको ५५१ औं जयन्ती मनाइएको छ । सोमबार सप्तरीमा एक कार्यक्र गरि मनाइएको हो ।
विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ । ओमकार परिवार भित्र कै सिख धर्म पनि भएको हुनाले परिषद्ले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्ती मनाउने गर्छन् । कार्यक्रममा परिषद्का वक्ताहरुले गुरु नानक देवजीको जीवनी एवं समाजमा वहाँले पुगाउनु भएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।
विश्व हिन्दू परिषद् नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किरात आदि पन्थका कार्यक्रमहरु हर्षोल्लासका साथ मनाउने गर्दछन ।
यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सुत्रमा बाध्ने विश्व हिन्दू परिषद् नेपालको विश्वास रहेको , परिषदका एक अधिकारीले बताउनु भयो ।
सो कार्यक्रम अन्य जिल्लामा पनि विभिन्न कार्यक्रम गरि समर्थकले मनाएका छन् ।