Khabarsabaiko बिहिबार, माघ ०१, २०७७
हुम्ला-चिनियाँ मदिरा झिनिगिन्टी गाँँउ धमाधम भित्रिएपछि गाउघरमा कलह बढ्दै गएकाे छ । जिल्लाका विभिन्न नाकाबाट दैनिक रूपमा चिनियाँ मदिरा झिनिगिन्टी गाँँउ घर भित्रिन थालेपछि कलह बढ्दै गएकाे हाे । चिनिया मदिरा जिल्लाका,च्वाखाेला,हिल्सा,टाँके रानी खर्क लगायतका नाकाबाट मदिरा गाउँ भित्रिने गरेकाे पाईएकाे छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले चिनिया मदिरा नियन्त्रणमा गर्न विषयमा खासै चासाे देखाएकाेे छैन । मदिरा सेवन गरि गाउँघरमा मातिएका झै झगडा,कलह दिन प्रति बढने गरेकाे छ । एउटा सानाे उदारण खार्पुनाथ गाउँपालिका-३ राया गाउँमा मंगलबार राती मदिरा सेवन गरि गाँउमा झगडा भएकाे छ ।
स्थानीय बिचमा झडप हुदाँ दुई जना गम्भीर घाईते भएका छन । हुम्ला स्थानीय भुव पर्व अवसरमा स्थानीय मदिरा सेवन गरि यस्ताे घटना भएकाे बताएका छन । मदिराले मातिएका युवाहरूकाे कलहले दुई पक्ष झडप भएकाे छ ।
झडपमा घाईते भएकाहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम सिमकाेट ल्याईएकाे छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लासँग बुझन खाेज्दा सुचना समेत दिन मानेन । खार्पुनाथ तिर जाँदै गरेकाेले यश विषयमा बेखबर रहेकाेे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिए । उनले भने चार्डपर्वका के हुनु यस्तै सुवेदीले भने ।
दुवै पक्ष झडप हुदाँ गिता बुढा,र बिस्या बुढा गम्भीर रहेका छन । भने वर्ष ३५ का टेक बहादुर बुढा,वर्ष २७ का प्यारीलाल बुढा र वर्ष २७ कि बस्नती बुढाकाेे अवस्था सामान्य रहेकाे जिल्ला अस्पताल हुम्लाले जनाएकाे छ ।
घाइते भएका ५ जनालाई जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेकाे स्वास्थ्य सेवा कार्यालय हुम्ला निमित्त कार्यालय प्रमुख सरिता बाेहराले जानकारी दिईन । जिल्लामै मदिरा धेरै सेवन हुन थालेपछि गाँउघरमा विशेष गरी चार्डपर्वमा झै झगडा हुने गरेकाे छ