Khabarsabaiko मंगलबार, माघ ०६, २०७७
हुम्ला –राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि सहुलियत उडान हुन थालेका छन् । कोभिड–१९ को संक्रमणको जोखिमले रोकिएका सबै निजी क्षेत्रका एयरलाइन्सहरुले सहुलियत उडान भर्न थालेका छन् ।
कोरोना पछि उक्त उडान बन्द भएपछि हाल निजी क्षेत्रका एयरलाइन्सहरुले सहुलियत उडान भर्ने थालेपछि स्थानीयलाई सहजको अनुभुति गर्ने थालेका छन् ।
नेपालगञ्जबाट हुम्लाको सिमकोट लागि उडान भर्दै आएका सीता,तारा,र नेपाल एयरलाइन्सले सहुलियत उडान पुन सुरु गरिएको काँग्र्रो व्यवसायी विष्णु रावतले जानकारी दिए ।
न्युन आयश्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सहरुले सहुलियत उडान भर्ने थालेको रावतले बताउनुभयो । नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर महग्रो भएपछि सहुलियत उडानले हुम्लीबासीलाई राहत पुग्ने भएको छ ।
सहुुलियत उडानको भाडादर सीता एयर ६ हजार सम्रिट एयरले ६ हजार ७ सय तारा एयरले ६ हजार र नेपाल एयरलाइन्सले ५ हजार ९ सय ७५ रुपैया तोको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एक÷एक उडान भर्न भएका छन् ।