Khabarsabaiko बुधबार, फाल्गुण १२, २०७७
हुम्ला-नेकपा प्रचण्ड माधव समुहले संसद पुनःस्थापनाहुने भएपछि हुम्ला खुसीयाली मनाएका छन् । हुम्ला जिल्ला सदरमुकाम सिमकाेटमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरे पछि प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा रहेको प्रचण्ड माधव समुहले खुसियाली जुलुस निकालिएको हो ।
संविधानको सर्वोच्चता कायम भएको भन्दै खुसी मनाएका हुन् । संविधान माथिको प्रहार असफल भएको उनीहरुको भनाई छ । उनीहरुले यो जित नेपाली जनताको भएको भन्दै बुधबार साँझ दिप प्रज्वलन पनि गरेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्