Khabarsabaiko शनिबार, बैशाख २५, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ ।
सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाख मानिसलाई दिइएको छ । डब्लुएचओले शुक्रबार सिनोफार्म खोप सुरक्षित, प्रभावकारी र गुणस्तरीय रहेको भन्दै स्वीकृति दिएको हो । सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ ।
यो खाेप ७९ प्रतिशत प्रभावकारीता रहेको जनाइएकाे छ । डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्