०६ पुष २०८१, शनिबार

निषेधाज्ञा जेठ १० सम्म लम्बाउने निर्णय

Khabarsabaiko मंगलबार, जेठ ०४, २०७८

हुम्ला- कोरोना भाइरस संक्रमण रोकथामका लागि हुम्लामा १० निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति हुम्लाको मंगलबार बैठकले जेठ १५ गते राति १२ वजे सम्म लम्ब्याउने निर्णय भएको हो ।

जिल्ला कोभिड – १९ संकट विपद् व्यवस्थापन समिति (डिसीएम) हुम्लाका संयोजक एवम प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय भएको छ।

जिल्लाको ग्रामिण क्षेत्रमा कोरोना संक्रमण दिन प्रतिदिन देखिन थाले पछि मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकले जिल्लामा १० दिन लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख आचार्य जानकारी दिए ।

ग्रामिण क्षेत्रमा कोभिड १९ फैलिएको हुदाँ जिल्ला अस्पतालका मेडिकल अफिसरको टोली खार्पुनाथ, सर्केगार्ड, चंखेली, ताजाकोट र अदानचुली गाउँपालिमा पठाएर घुम्ति शिबिर संचालन गरी स्वास्थ्या सेवा उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी आर्चायले बताए ।

मंगलबार बसेको जिल्ला कोभिड – १९ संकट विपद् व्यवस्थापन समिति बैठकले आर्थिक अबस्था कमजोर भएकाले हुम्लाबाट सुर्खेत,नेपालगन्ज र जुम्लामा उपचार गर्न जाने कोभिडका बिरामी र अन्य बिरामीलाई हवाईजाहज चार्टर गरी लिने व्यवस्था गर्न जनाएको छ। गुम्बा,प्रहरी र स्थानिय प्रशासन बिच समन्वय गरी आबश्यक ब्यबस्था मिलाउने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायको भनाई छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्