२६ पुष २०८१, शुक्रबार

कर्णालीको धमिलो पानी खान्छन सर्केगार्डबासी

Khabarsabaiko बिहिबार, आषाढ ०३, २०७८

हुम्लाको सर्केगार्ड गाउँपालिका केन्द्रमा खानेपानीको हाहाकार भएको छ । मुहानबाट खानेपानी आउन छाडेपछि पाँच दिनदेखि खानेपानीको हाहाकार भएको हो । पाँच दिनदेखि धारोमा पानी नआउँदा नदीको धमिलो पानी खान बाध्य भएको सर्केगार्ड गाउँपालिका– ४ का भीमबहादुर सिंहले जानकारी दिए ।

विद्यालयमा रहेको एउटा धारोमा मात्रै सानो पानी आउने गरेको यहाँका स्थानीयले नदीको धमिलो पानी ल्याएर छानेर खाने गरेको सिंहले बताए ।

धारोमा पानी आउन छाडेपछि बजार क्षेत्र मात्रै नभई गाउँघरमा पनि पानीको हाहाकार भएको सिंहको भनाइ छ । कर्णाली नदीको धमिलो पानी ल्याएर कहिले आकाशको पानी थापेर खाने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।

खानेपानी नपाउँदा बजार क्षेत्रमा ठूलो समस्या भएको सर्केगार्ड गाउँपालिका– ४ का नवीन शाहीको दुःखेसो छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्