Khabarsabaiko शुक्रबार, आषाढ ०४, २०७८
हुम्ला–लगातार अविरल वर्षाका कारण पाँच दिनदेखि हवाई सेवा ठप्प भएकाे छ ।
जेठ ३१ गतेदेखि लगातार वर्षा हुदाँ हुम्लामा हवाई सेवा ठप्प भएकाे हाे । वर्षाले भएसँगै नेपालगञ्ज सुर्खेतदेखि नियमित उडान छाेडेका छन् ।
जहाज ठप्प भएपछि दैनिक उपभाेग्य वस्तु र खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे चामल राेकिएकाे छ ।
निजि एयरलाइन्सहरू उडान भर्न छाेडेपछि व्यापारी सामान,विकास निर्माणका सामान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीकाे चामल सुर्खेत नेपालगञ्जमै राेकिएका छन् ।
माैसम सफा हुदाँ दैनिक १५ देखि २५ उडान हुँदै आएका उडान हुने गरेकाे सिमकाेट विमानस्थलका एयर ट्राफिक कन्टोलर अफिसर नवराज कटुवालले जनाकारी दिए । असार ३१ गतेदेखि उडान हुन छाेडेकाे सिमकाेट विमानस्थलका एयर टाफिक कन्टाेलर कटुवालकाे भनाई छ । लगातार वर्षा हुदाँ सुर्खेत,नेपालगञ्जदेखि सीता,तारा, समिट एयरलाइन्सले उडान भर्न छाेडेका हुन् ।
पाँच दिनदेेखि हवाई सेवा ठप्प भएसँगै दैनिक उपभाेग्य वस्तु समेत पाउन छाडेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्