खबरसबैकाे बुधबार, कार्तिक १०, २०७८
सल्यान– सल्यानमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका २ धावपानिखोलाम स्थित मर्मपरिकाडाबाट नेपालगञ्जतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि कुमाख गाउँपालिका २ निवासी ३६ वर्षीय बुद्धि थापा,सोहि ठाउँ निवासी वर्षीय २१ दुर्गा खत्री र सोहि ठाउँ निवासी ३२ वर्षीया लोकमाया पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।
यस्तै सामान्य घाइते हुनेमा चालक कुपिण्डे नगरपालिका ४ बस्ने २४ वर्षीय लाल बहादुर बुढा,गाडी साहु, कुमाख गाउँपालिका २ बस्ने ३३ वर्षीय पुर्ण बहादुर बुढा, कुमाख गाउँपालिका १ बस्ने २९वर्षीय बिशाल विक,सोहि ठाउँ निवासी ३० वर्षीय इन्द्र बहादुर चन्द, बनगार कुपिण्डे नगरपालिका ४ बस्ने २९ वर्षीय पिपर बुढा ,सिद्ध कमाख गाउँपालिका ४ बस्ने २१ वर्षीय दिल बहादुर चलाउने,उनकी श्रीमती २० वर्षीया दुर्गा चलाउने ,छोरा २ वर्षीय प्रशान्त चलाउने र कैलाली लम्कीचुवा नगरपालिका ३ बस्ने २८ वर्षीय देब बहादुर बस्नेत रहेका छन् ।
भे.१.ज.९३० नं.को महेन्द्रा बलेरो जिप सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । प्रहरीले घाइतेको उद्धार गरि उपचारका लागि सल्लिजार पठाएको छ भने चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।