खबर सबैको मंगलबार, कार्तिक २३, २०७८
हुम्लामा शैक्षिक बेथिति अन्त्य गर्ने अनेरास्ववियु संगठनले जनाएकाे छ ।
११ ओै जिल्ला सम्मेलनकाे तिब्र तयारी गरि रहेकाे बेला अनेरास्ववियु हुम्लाले यस्ताे बताएकाे छ ।विद्यालयमा राजनिती शिक्षक नियुक्त हुने प्रचलन रहेकाे अनेरास्ववियु विद्यार्थी संगठनका केन्द्रीय सदस्य हिक्मत खड्काले बताए ।
लाईसेन्स बिना शिक्षकहरूकाे राजनिति नियुक्त हुने भएकाेले यसकाे बेथिति अन्त्य गर्न केन्द्रीय सदस्य खड्काले बताए ।
जिल्लाका सातै गाउँपालिकामा अनेरास्ववियु संयाेजक चयन हुन्छ विद्यालयमा दरबन्दी कुरा लगायतका विषयमा अनेरास्ववियु अघि बढ्ने केन्द्रीय सदस्य खडककाे भनाई छ ।
अनेरास्ववियु का केन्द्रीय अध्यक्ष सुनिता बराल हुम्ला ल्याउनु उद्देश्य भनेकाे हुम्लाकाे आवाज केन्द्र हाेस् भनेर हुम्लामा ल्याउने भएकाे उनकाे भनाई छ । अनेरास्ववियुले शैक्षिक बेथिति काे अन्य अन्तराष्टिय स्तरमा प्रतिस्पधात्मक गुणस्तरीय शिक्षाकाे पक्षमा उभिने खड्ककाे भनाई छ ।