०६ पुष २०८१, शनिबार

शिक्षा सेवा विशेष ( नेपालको शैक्षिक इतिहास)

खबरसबैको सोमबार, माघ २४, २०७८

देव शमशेरको समयमा भएको शिक्षा विकास

  •  देब शमशेरका पालामा १९५७/ ५८ मा स्थापित भाषा पाठशालाहरू नेपाली भाषाको माध्यमबाट मुलुकका विभिन्न भागमा प्राथमिक शिक्षा दिने परिपाटी थालनी भएको थियो  र यसका लागि पाठ्यपुस्तकको व्यबस्था पनि गरियो
  •  देब शमशेरका पालामा दरबार स्कूललाई सर्वसाधारणका लागि खुला
  •  दरवार स्कूलका छात्रहरूलाई छात्रबृत्तिको व्यबस्था ः विद्यार्थीलाइ वर्षको ९ मुरी धान र महिनाको ५ रु भत्ता तथा फागु खेल्न५० पैसा र दिउँसोको खाजा खान खर्च समेत दिने ब्यबस्था गरेका थिए
  • भारतको बरोदाको शिक्षाबाट प्रभावित भएका देव शमशेरले सर्वव्यपी प्राथमिक शिक्षा ब्यापक बनाउने घोषणा गरेका
  •  देशशमशेरको शिक्षा अभियान सफल बनाउन जय पृथ्वी बहादुर सिंहले अक्षाराङक शिक्षा नामक पहिलो नेपाली पाठ्यपुस्तक तयार गरेका थिए । यो नेपाली भाषामा लेखिएको पहिलो पुस्तक हो
  •  त्यसबेला काठमाण्डौ उपत्याकामा मात्र ५० र बाहिर करीव १०० विद्यालयहरू खुले तर उनी भन्दा अघि खुलेका सहित उनको समयमा जम्मा १५७ ओटा भाषा पाठशाला रहेका
  •  उनले नेपालमा करीव ३०० पाठशाला खोल्ने योजना बनाएका
  •  देवशमशेरका पालामा १९५८ बैसाख २४ गते गोरखापत्रको प्रकाशन शुरु
  •  १९५८ साल बैसाख ३० गते काठमाण्डौ, भादगाँउ र पाटनमा कन्या पाठशाला देवशमशेरले खुलाएका थिए , चन्द्र शमशेर प्रधानमन्त्री भए पछि बन्द गराए
  •  देवशमशेरले ठाँउ ठाँउमा भाषा पाठशाला खोल्नका लागि रु ३,००,०००। छुट्याए
  •  वि सं १९५८ मा उनी अपदस्त भएपछि बाँकी रहेको रकमले बनारसको ब्रह्म घाटमा विद्यालय सञ्चालनमा ल्याउन खोज्दा त्यसको ब्यबस्थापन गर्न चन्द्र शमशेरको डरले कोही पनि तयार नभएकाले पछि बेलायतको अनाथालयमा बाँकी पैसा दान दिइएको
  •  जयपृथ्वीबहादुर सिंहले वि.सं १९६३ सालमा नक्सालमा आफ्नो दरबार भित्र सत्यबादी नामको एउटा प्राथमिक पाठशाला खोलेका थिए। यो पाठशाला विसं १९७० मा नक्सालबाट बझाङको आफ्नो दरबारमा सारेका थिए , १९९५ सालमा मात्र यो विद्यालयले स्वीकृति पाएको थियो , २००७ सालसम्म कक्षा ७ सम्म र २००८ साल पौष ८ गते देखि हाइस्कूल भएको
  •  वि.सं.१९५८ मा कमाण्डर इनचिफ भीमशमशेर शिक्षा विभागको डाइरेक्टरमा नियुक्त
  •  शुरुमा दरवार स्कुलको परीक्षा र पढाइको माध्यम अङ्ग्रेजी भाषा
  •  दरवार स्कुलमा कक्षा ५ भन्दा मुनि मौखिक र सो भन्दा माथि लिखित परीक्षाको व्यवस्था
  •  दरवार स्कुलमा इतिहास र भूगोल पढाउन निषेध
  •  दरवार स्कुलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसँग हुँदा स्कुलमा शनिबार आधा र आइतबार पूरै दिन विदा हुन्थ्यो
  •  दरवार स्कुलको अन्तिम परीक्षालाई कलकत्ता वि.वि मा भ्लतचबलअभ भनिन्थ्यो
  •  पहिलो Entrance pass गर्ने सर्वसाधारण नेपालीका छोरा वीरजङ्ग विष्ट
  •  प्रथम श्रेणीमा Entrance pass गर्ने पहिलो व्यक्ति वासुदेव उप्रेती (१९५८)
  •  पहिलो Entrance pass गर्ने राणा परिवारको व्यक्ति चन्द्रशमशेर
  •  राणाहरूमा प्रवेशिका Pass गर्नेहरूले दोसल्लाको पुरस्कार पाउँथे
  •  रानीपोखरी पाठशालाको स्थायी भवन वि.सं. १९४८ मा वीर शमशेरले बनाएका
  •  रानीपोखरी पाठशाला पूर्ण सरकारी रूपमा सञ्चालन भएपछि यसको नाम –राजकीय संस्कृत प्रधान पाठशाला रहेको
  •  रानीपोखरी पाठशालाको विद्यार्थीहरू गुरुको सिफारिस लिएर भारतको बनारस स्थित राजकीय संस्कृत, विद्यालय, हालको सम्पूर्णानन्द विश्वविद्यालय मा वि.सं. १९४८ (सन् १८९१) बाट परीक्षा दिन जान थालेका
  •  अरूका कुरा छाडिदेऊ, आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउ भन्ने राणा प्र.म. जङ्गबहादुर
  •  दुनियाँका छोराले पढ्न पाठशाला चाहिन्छ –रणोद्धिप सिंह
  •  रणोद्धिप सिंह प्र.म. हुँदा शिक्षा डाइरेक्टर धीर शमशेर
  •  जयपृथ्वीवहादुर सिंहले वि.सं. १९५१ (सन् १८९४) मा कलकता विश्वविद्यालयबाट Entrance पास
    गरेका
  •  देवशमशेरको पालामा दरवार स्कुलको उच्च कक्षामा नेपाली भाषा पाठ्यक्रम समावेश
  •  देव शमशेरले ५० जना विद्यार्थी जम्मा गर्ने र ती विद्यार्थी बस्ने ठाउँको व्यवस्था गर्न सक्ने प्रत्येक गाउँमा एक जनाको दरबन्दी र पाठशाला खोल्ने स्वीकृति दिने व्यवस्था गरे ।विद्यालय खोल्ने जिम्मेवारी पं दिब्यदेव पन्तलाई दिएको
  •  देवशमशेरले भाषा पाठशालाका विद्यार्थीलाई निःशुल्क पढाउन सिलोट र अक्षराङ्क शिक्षा नामक पुस्तक वितरण गरेका
  •  नेपालीमा लेखिएको पहिलो पुस्तक अक्षराङ्क शिक्षा हो
  •  अक्षराङ्क शिक्षामा पं. नरदेव मोतिकृष्ण शर्माद्वारा पशुपत प्रेसमा छापिएको थियो, यसको पाण्डुलिपी राष्ट्रिय पुस्तकालय हरिहर भवनमा छ

यहाँ कमेन्ट गर्नुहोस्