०७ पुष २०८१, आइतबार

शहिदको घरपरिवार भेट्न, हुम्ला पुगे उद्योग पर्यटन वन तथा वातारण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन)

खबर सबैको समाचारदाता, हुम्ला शनिबार, माघ २९, २०७८

हुम्ला–कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातारण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन) हुम्ला जिल्लाको पहिलो सहिद बक्त बुढा (महेश) घरपरिवार भेट्न चंखेली गाउँपालिका पुगेका छन् । शनिबार मन्त्री लामा नेपालगन्जबाट बाजुरा हुँदै सहिद बुढाको घरपरिवारसँग भेटघाट गर्न चंखेली गाउँपालिका पुगेका हुन्। बुढाको सशस्त्र द्वन्द्वका बेला अछाम ढाकु गाउँ विकास समितिको ढुङगलामा ०५६ पुस २९ गते सहिद भएका थिए । साविकको गोठी गाउँ विकास समिति पुमा गाउँमा जन्मिएका बुढा जिल्लाको पहिलो सहिद हुन ।

मन्त्री लामा कर्णालीको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री सँग हुम्ला जिल्लाको पहिलो शहिदको घरपरिवार भेट्न हुम्ला पुगेको नेपाल कम्युनिस्ट पाटी नेकपा जिल्ला अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।

मन्त्री लामााले पहिलो प्रथामिकता शहिदको घरपरिवार सँग भेटघाट रहेको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा कार्चेनले बताए । सहिद बुढाको घरमा पुगेर भलाकुसारी गर्ने कार्यक्रम राखेको मन्त्री लामाले बताए ।

२७ ओैं वर्षगाँठ जनयुद्ध दिवस सहिद बुढाको गाँउपालिका मनाउने कार्यक्रम तय गरेको छु मन्त्री लामाले भने । तिन दिनको कार्यक्रम छुट्याएर हुम्ला पुगेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्