१२ पुष २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

खबर सबैको समाचारदाता, काठमाडाैं बुधबार, फाल्गुण ०४, २०७८

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।

नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्