नरजन तामाङ बुधबार, फाल्गुण ११, २०७८
हुम्ला- नेकपा एमालेकाे हुम्ला जिल्लाकाे नेतृत्व छनाैटमा सकस भएकाे छ । जिल्ला अधिवेशन भएकाे तिनदिन हुदाँ समेत नेतृत्व छनाैट गर्न रस्सा कस्सी देखिएकाे छ। नयाँ नेतृत्वमा तीन जनाकाे आकांक्षी देखिएपछि नेतृत्व चयन गर्न सकस भएकाे हाे ।
९० सदस्यीय जिल्ला कमिटिका लागि भुगाेल र समावेशीका आधारमा सदस्य छान्ने कार्य भएकाे एक जनाले जानकारी दिए । जिल्लाका सात गाउँपालिकाका र ४४ वटा वडामध्ये नाम्खा गाँउपालिका -६ काे लिमिबाहेक अन्य ४३ वडालाई भुगाेल मानेर एक-एक जना जिल्ला कमिटि सदस्य छनाैटकाे छलफल सुरू भएकाे बताए ।
अध्यक्षमा तीन जना आकांक्षी एमाले जिल्ला कमिटीमा एक जना अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव रहने व्यवस्था छ। तर अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन । अध्यक्षमा कलबहादुर हमाल,ज्ञामी बुमि, डबल रावत अध्यक्षका आकांक्षी देखिएका छन । दुई प्यानल देखिएका छन एमालेका स्थायी कमिटिका सदस्य गाेरख बहादुर बाेगटी,र केन्द्रीय सदस्य दल फडेरा माओवादी केन्द्र बाट प्रवेश गरेका छिमि लामा लगायतका प्यानलमा कलबहादुर हमाल,र डबल रावत हुन । भने यस्तै गरि पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका केन्द्रीय सदस्य दल रावलकाे प्यानलबाट ज्ञामी बुमि अध्यक्ष काे आकांक्षी छन ।
बाेगटी प्यानलले डबल रावतलाई ल्याउने तयारी गरेका छन भने कलबहादुर हमाल पनि अध्यक्ष बन्ने कसिएका छन हमाल अलि बुढापाखा पनि मानिन्छन । रावल प्यानलका ज्ञामी बुमि कमजाेर देखिएका छन । नेतृव चयन गर्न एमालेलाई ठुलाे सकस देखिएका छन अब अध्यक्ष पद नपाएपछि काे पाटी त्याग गर्छन भन्ने चिन्ता पनि देखाउन थालिएकाे छ ।