खबरसबैको समाचारदाता, हुम्ला मंगलबार, फाल्गुण १७, २०७८
हुम्ला- कर्णाली प्रदेशका उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा कार्चेनले हुम्लालाई पर्यटकीय हब बनाउने बताएका छन ।
लामा साँस्कृतिक मञ्चकाे बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै कर्णाली प्रदेशका मन्त्री लामाले हुम्ला जिल्ला मानसरोवर कैलाशकाे प्रवेशद्वार भएकाे मन्त्री लामाले यस्ताे बताएका हुन ।
हामीले हिरा चिनेका छैनाै हिरा चिन्न जरूरी रहेकाे पर्यटन मन्त्री लामाले बताए ।
हुम्ला जिल्ला पर्यटकीय गन्तव्य बनाउने उद्धेश्य रहेको मन्त्री लामाकाे भनाई छ । हुम्लामा धार्मिक पर्यटन,साँस्कृतिक पर्यटन,प्राकृतिक पर्यटनकाे सम्भावना हुदाहुदै पनि चिन्न नसकेकाे उनकाे भनाई छ ।
हुम्ला जिल्ला जडीबुटी सम्भावना बाेकेकाे हुनाले हुम्लामा उद्याेग बन्ने समेत बाचा दिएका छन । संघ सरकार,प्रदेश सरकार सकरात्मक रहेकाे बताए ।
मन्त्री लामालाई बधाई तथा शुभकामना दिदै हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला स्वर्ग रहेकाे बताईन । याे जिल्ला सम्भावनाकाे खानी छ,सराेकारवाला निकायले विकासमा ध्यान दिने हाे साच्चिकै स्वर्ग भएबाे प्रजिअ परियारकाे भनाई छ ।