१३ पुष २०८१, शनिबार

मन्त्री लामालाई लामा साँस्कृतिक मञ्चकाे बधाई

खबरसबैकाे मंगलबार, फाल्गुण १७, २०७८

हुम्ला– कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामालाई लामा समुदायले बधाई तथा शुभकामना दिएका छन् ।

गृह जिल्ला हुम्ला पुगेका उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री लामालाई लामा साँस्कृतिक मञ्चले एक कार्यक्रम आयाेजना गरि बधाई तथा स्वागत गरेकाेे लामा साँस्कृतिक मञ्चका सचिव छवाङ लामाले जानकारी दिए ।

सचिव लामाले भने दुर्गम हुम्ला जिल्लाका जनजाति समुदायबाट मन्त्री बनेका लामालाई दाेसल्ला सहित स्वागत गरेकाे बताए ।

लामा साँस्कृतिक मञ्चले आयोजना गरेको कार्यक्रम बोल्दै हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी महिला,दलित,जनजाति पछि परेको वर्गबाट जनजाति समुदायकाबाट मन्त्री हुनु भनेको खुसीको कुरा भएको बताईन ।

मन्त्री लामालाई आग्रह गदै हुम्ला जिल्ला, पर्यटन क्षेत्रमा सम्भावना छ,जडीबुटीको खानी छ हुम्लामा उद्योग खोल्नु पर्न आवश्यक रहेकोले ध्यान दिन आगह गरिन ।

हुम्ला जिल्लाका पर्यटनको विकास,जडीबुटी ,सम्भावना बोकेको जिल्ला भएकोले विकास गर्न सक्यो भने हुम्ला नै स्वर्ग भएको प्रमुख जिल्ला अधिकारी परियारको भनाई छ । कार्यक्रम काे अध्यक्षता लामा साँस्कृतिक मञ्चका अध्यक्ष धर्मनन्द लामाले गरेका थिए ।

भने कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत,सिमकाेट गाउँपालिका उपाध्यक्ष बलि रावत, लगायतकाे उपस्थित रहेकाे थियाे ।

 

यहाँ कमेन्ट गर्नुहोस्