११ पुष २०८१, बिहिबार

हुम्लामा ४ वडा अध्यक्ष सहित ४ जना सदस्य निर्विरोध

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख १७, २०७९

हुम्ला– सात स्थानीय तह ४४ वडा रहेको हुम्ला जिल्लामा ४ जना वडाध्यक्ष सहित ४ जना सदस्य निर्विरोध भएको छन् । नाम्खा गाउँपालिका ६ लिमिका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ, सहित तीन जना सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवार परेपछि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै गरी खापुनार्थ गाउँपालिका ४ मा पनि वडाध्यक्ष रंगमति शाहीको एकल उम्मेदवार परेको छ । भने दलित सदस्य दन्तकली सुनार निर्विरोध निर्वाचित भएकी छन् ।

सिमकोट गाउँपालिका १ मा गोर्ख लामाको एकल उम्मेदवार जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । सिमकोट गाउँपालिका ४ मा पनि प्रताव लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्