११ पुष २०८१, बिहिबार

भोट हाल्न मतदान केन्द्र पुग्नै पिरलो

खबरसबैको समाचारदाता, हुम्ला शनिबार, बैशाख २४, २०७९

हुम्ला- स्थानीय तह निर्वाचन आउने ६ दिन मात्रै बाँकी छ । ताजाकोट गाउँपालिका -३ मासपुर गाउँका ९२ वर्षका दलबिर बुढालाई भोट हाल्न मतदान केन्द्र पुग्ने पिरलो बढेको छ । गाउँबाट मतदान केन्द्र पुग्न १ दिन पैदल हिडनु पर्न बाध्यता पिरोलेको बुढाले दुखेसो गरे ।

०७४ सालको निर्वाचनमा तीन दिनको समय लगाएर भोट हाल्न ताजाकोट गाउँपालिका – ३ को छेप्रेला पुग्न बाध्य भएको बुढाले खबरसबैको संग भने ।

मतदान केन्द्र कैलाश आधारभुत विद्यालय टाढा भएकाले तीन दिन खर्चिनु परेको अर्का स्थानीय जोख्या रोकायाले बताए ।अब एक दिन पुग्न, भोट हालेर बेलुका घर आइपुगिदैन अनि अर्कोदिन फिर्ता हुने समय जोड्दा त तीन दिन लाग्ने भयो ।अनि कसरी जानु भोट हाल्न ’रोकायाले भने । तिन दिन लाग्ने भएकाले कसरि जाने, कता बस्ने भन्ने भोट हाल्न जाने लाइ पिर लाग्न थालेको स्थानिएको भनाइ छ ।

मासपुर गाउँमा ६०देखि ६४ मतदाता छन् ।

अधिकांश महिला,वृद्धा सुत्केरी मतदान गर्न नपाउने गरेको स्थानीय केशबहादुर रोकायाको भनाई छ । गाउँमा गोठाला,वृद्धावृद्वा महिलाहरू भोट हाल्न पाउदैन रोकायाले भने । राजनीति पहुँच नपुगेपछि हुम्लाको मासपुर जहिल्यै पनि पछि परेको स्थानीयबासीहरूले गुनासो गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्